नेपाल हेल्थ न्युज, स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले गाउँभित्रका सबै नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य बीमा सेवा प्रदान गरेको छ। चालु आर्थिक वर्ष २०८१/८२ मा गाउँपालिकाले कुल ४,५४३ घरधुरीको बीमा वापत १ करोड ७२ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरेको जानकारी प्राप्त भएको छ।
स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न उदेश्य राख्दै लागू गरिएको यस बीमा कार्यक्रममा गाउँपालिका कार्यालयले स्याङ्जास्थित स्वास्थ्य बीमा बोर्डमा एक करोड ७२ लाख ७२ हजार एक सय ५० रकम दाखिला गरेको हो। यो कार्यक्रम गाउँपालिकाभित्र सञ्चालित निःशुल्क बीमा योजनाअन्तर्गत गरिएको हो भनी दुर्गा पाण्डेले जानकारी दिइन्।
गाउँपालिकामा रहेका सातै वडाका घरधुरी यस योजनामा समावेश गरिएको छ। वडा नं १ मा ७७२ घरधुरी, वडा नं २ मा ७२६, वडा नं ३ मा ५८३, वडा नं ४ मा ६६८, वडा नं ५ मा ६८०, वडा नं ६ मा ५८८ र वडा नं ७ मा ५२६ घरधुरी छन्।
स्वास्थ्य बीमा योजनाको कार्यान्वयन चरणबद्ध रूपमा गरिएको हो। पहिलो चरणमा १,६१७ घरधुरीको लागि ६१ लाख ७७ हजार १५० रुपैयाँ भुक्तानी गरिएको थियो। दोस्रो चरणमा २,१८३ घरधुरीका लागि ८२ लाख ७० हजार ५०० रुपैयाँ खर्च गरिएको छ। तेस्रो चरणमा ३९९ घरधुरीलाई समेट्दै १४ लाख ९२ हजार ५० रुपैयाँ र अन्तिम चरणमा ३४४ घरधुरीको लागि १३ लाख ३२ हजार ४५० रुपैयाँ खर्च गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाका अनुसार स्वास्थ्य बीमाको पहुँच सबै नागरिकसम्म पुर्याउने उद्देश्यले कार्यक्रम कार्यान्वयन गरिएको हो र यसले स्थानीय जनताको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गरिएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार मुद्दामा सुनुवाइको पेसी तोकियो
मंगलबार, चैत १०, २०८२
ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा
मंगलबार, चैत १०, २०८२
एक खिल्ली चुरोटले २० मिनेट आयु घटाउँछ ? के भन्छन् विज्ञ
मंगलबार, चैत १०, २०८२
मेडिकल काउन्सिलद्वारा डा. साह एक साताका लागि निलम्बित
मंगलबार, चैत १०, २०८२
