नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालको एक प्रमुख खुद्रा व्यापार समूह भाटभटेनी सुपरमार्केट्सले आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई ९ करोड ५० लाख रुपैयाँ मूल्य बराबरको अत्याधुनिक ईएचएस भवन हस्तान्तरण गर्ने कार्यक्रम आयोजना गरेको छ।
यो भवन संस्थाका अध्यक्ष मीनबहादुर गुरुङका स्वर्गीय आमाबुवाको सम्झनामा निर्माण गरिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बिहान १० बजे औपचारिक रूपमा भवन हस्तान्तरण गरिनेछ। त्यसअघि भाटभटेनीको टंगाल शाखाबाट शिक्षण अस्पतालसम्म विशेष सांस्कृतिक पदयात्रा पनि आयोजना हुनेछ।
भाटभटेनी समूहले निरन्तर शिक्षा, स्वास्थ्य र समाजसेवामा महत्वपूर्ण योगदान दिँदै आइरहेको छ र यस पटकको सहयोगले नेपाली स्वास्थ्य क्षेत्रमा ठूलो प्रगति हुने अपेक्षा गरिएको छ।
अध्यक्ष गुरुङले दिवंगत आमाबुवाको सम्झनालाई समर्पित यस भवनमार्फत युवापुस्तालाई समाजसेवामा प्रेरित गर्ने आफ्नो विश्वास व्यक्त गर्नुभएको छ।
निजी स्वास्थ्य सेवामा भोलिदेखि ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ लागू, उपचार खर्च बढ्ने
बिहीबार, असार ३२, २०८३
करिब १०० दिनमै निःशुल्क स्वास्थ्य पोर्टलबाट २,२०० भन्दा बढी नागरिक लाभान्वित
बिहीबार, असार ३२, २०८३
छोरीको कलेजो दानबाट बुबाले पाए नयाँ जीवन, किस्टमा १७औँ सफल प्रत्यारोपण
बिहीबार, असार ३२, २०८३
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
बिहीबार, असार ३२, २०८३
