नेपाल हेल्थ न्युज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पतालमा एक नयाँ सेवा भवन सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त भवनको उद्घाटन गर्नुभएको हो, जुन अस्पतालको स्थापनाको ४३ औं वार्षिकोत्सवको अवसर पारेर सम्पन्न भएको थियो।
यस भवनको निर्माणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र सावित्री गुरुङले आर्थिक सहयोग गर्नुभएको हो। करिब ९ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको यो संरचना गुरुङ दम्पतीले अस्पताललाई पूर्णरूपमा हस्तान्तरण गर्नुभएको छ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘निरोगी नेपाल’ अभियानलाई स्मरण गर्दै जनस्वास्थ्यमा सचेतना, सन्तुलित जीवनशैली र पहुँचयोग्य स्वास्थ्यसेवाको महत्त्वमा जोड दिँदै उहाँले भन्नुभयो, हामीले बिरामी नपर्ने समाज निर्माण गर्ने दिशामा काम गरिरहेका छौं। त्यसका लागि आहार, व्यवहार र विश्रामलाई ध्यान दिनुपर्छ।
प्रधानमन्त्री ओलीले गुरुङ परिवारको योगदानको उच्च प्रशंसा गर्दै, निजी क्षेत्रबाट यस्ता सामाजिक कामहरू देशको विकासमा महत्वपूर्ण हुने बताउनुभयो।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
