नेपाल हेल्थ न्युज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पतालमा एक नयाँ सेवा भवन सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त भवनको उद्घाटन गर्नुभएको हो, जुन अस्पतालको स्थापनाको ४३ औं वार्षिकोत्सवको अवसर पारेर सम्पन्न भएको थियो।
यस भवनको निर्माणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र सावित्री गुरुङले आर्थिक सहयोग गर्नुभएको हो। करिब ९ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको यो संरचना गुरुङ दम्पतीले अस्पताललाई पूर्णरूपमा हस्तान्तरण गर्नुभएको छ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘निरोगी नेपाल’ अभियानलाई स्मरण गर्दै जनस्वास्थ्यमा सचेतना, सन्तुलित जीवनशैली र पहुँचयोग्य स्वास्थ्यसेवाको महत्त्वमा जोड दिँदै उहाँले भन्नुभयो, हामीले बिरामी नपर्ने समाज निर्माण गर्ने दिशामा काम गरिरहेका छौं। त्यसका लागि आहार, व्यवहार र विश्रामलाई ध्यान दिनुपर्छ।
प्रधानमन्त्री ओलीले गुरुङ परिवारको योगदानको उच्च प्रशंसा गर्दै, निजी क्षेत्रबाट यस्ता सामाजिक कामहरू देशको विकासमा महत्वपूर्ण हुने बताउनुभयो।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
