नेपाल हेल्थ न्युज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान स्वास्थ्य बिमा प्रणालीमा देखिएका केही कमजोरीप्रति चिन्ता व्यक्त गर्दै यसको पुनरावलोकन आवश्यक रहेको बताउनुभएको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको ४३औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा उहाँले स्वास्थ्य बिमाको नाममा कतिपय कार्यहरूमा अनियमितता भएको पाइएको भन्दै अबका दिनमा स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन समीक्षा गरिने जानकारी दिनुभयो।
कार्यक्रममा प्रधानमन्त्री ओलीले शिक्षण अस्पतालले जनताको विश्वास जितेको उल्लेख गर्दै अझ उत्कृष्ट सेवा दिन आग्रह गर्नुभयो। उहाँले ‘निरोगी नेपाल’ अभियानलाई साकार पार्न यस्ता प्रतिष्ठानहरूको भूमिका अझ सशक्त हुनुपर्नेमा जोड दिनुभयो।
“अस्पतालमा पुग्ने बिरामीको आशा र भरोसालाई कायम राख्नु स्वास्थ्यकर्मीहरूको जिम्मेवारी हो,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “नर्सहरूको कोमल व्यवहार र सेवाभाव नै बिरामीलाई चाँडो स्वस्थ बनाउन सहयोगी हुन्छ। औषधिको मात्रा, समय र सिफारिसलाई ध्यानमा राखेर नर्सले गर्ने स्याहार-सेवाले उपचार प्रभावकारी हुन्छ।”
उक्त समारोहमा अस्पताल विस्तारका लागि सेवा भवन निर्माणमा सहयोग पु¥याउने भाटभटेनी सुपरमार्केटका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङलाई सम्मान प्रदान गरिएको थियो। प्रधानमन्त्रीकै हातबाट सो नयाँ भवनको उद्घाटन समेत सम्पन्न भएको थियो।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
