नेपाल हेल्थ न्युज, काठमाडौं । अब स्वास्थ्य बीमामा सहभागी भएकाहरूले धेरै कुर्नु नपर्ने भएको छ। सरकारले स्वास्थ्य बीमा नियमावली २०७५ मा संशोधन गर्दै बीमा लाभ लिनको समय घटाएको छ।
नयाँ व्यवस्था अनुसार, बीमामा नाम दर्ता भएको महिनापछि आउने तेस्रो महिनाको पहिलो मितिदेखि नै बीमाले उपलब्ध गराउने सेवा र सुविधा लिन सकिनेछ। यो परिवर्तन २०८२ सालको साउन १ गतेदेखि लागू हुनेछ।
स्वास्थ्य बीमा बोर्डले यो नयाँ प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरिसकेको छ। यसले गर्दा बीमा गराएपछि एक महिनाभित्रै उपचार सेवा सुरु गर्न सकिनेछ।
यसअघिसम्म बीमा गरेका व्यक्तिहरूले चार महिनासम्म प्रतीक्षा गर्नुपर्थ्यो। उदाहरणका लागि, वैशाख वा जेठमा बीमा लिनेहरूलाई भदौसम्म पर्खिनु पर्थ्यो भने साउन वा भदौमा बीमा गरेकाहरू मंसिरसम्म सेवा पाउँथे।
अब भने बीमा सेवा वर्षको १२ साइकलमा सञ्चालन हुनेछ, जसले गर्दा जुनसुकै महिनामा बीमा गरे पनि एक महिनाभित्रै उपचार सुविधा उपलब्ध हुनेछ।
बोर्डका सूचना अधिकारी विकेश मल्ल ठकुरीका अनुसार, यस नयाँ व्यवस्थाले बीमित व्यक्तिहरूको स्वास्थ्य सेवामा पहुँच झनै सहज बनाउनेछ।
बोर्डद्वारा जारी गरिएको सूचनामा भनिएको छ — “बीमा भएको महिना पहिलो महिना मानिनेछ र त्यसपछि आउने तेस्रो महिनाको पहिलो मितिबाट सेवा लागु हुनेछ।”
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
