नेपाल हेल्थ न्युज, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योग र प्राकृतिक चिकित्सा विधिलाई स्वस्थ जीवनका लागि महत्वपूर्ण बताउँदै यस क्षेत्रलाई प्रदेश सरकारको प्राथमिकतामा राखिएको बताउनुभएको छ।
बाँकेको कोहलपुरमा रहेको सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पतालको निरीक्षण गर्दै उहाँले स्वाभाविक उपचार पद्धतिबाट विभिन्न स्वास्थ्य समस्याहरू समाधान गर्न सकिने धारणा व्यक्त गर्नुभयो।
समाजको सक्रिय सहभागितामा स्थापना भएको यो अस्पताल ‘योग एवम् प्राकृतिक स्वास्थ्य समाज’ को पहलमा सञ्चालनमा रहेको हो।
मुख्यमन्त्री आचार्यका अनुसार सरकार स्वस्थ जीवनशैलीको प्रवर्द्धनमा विशेष ध्यान दिइरहेको छ। उहाँले प्राकृतिक चिकित्सा प्रभावकारी रहेकाले यसलाई सरकार र समुदायको सहकार्यमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।
यस अस्पतालबाट हाल दैनिक करिब २० देखि २५ जना बिरामीले सेवा लिइरहेका छन्। अस्पतालले नसा च्यापिने, टाउको तथा पेट दुख्ने, पिनास, ग्यास्ट्रिक जस्ता दीर्घकालीन रोगहरूको उपचार प्राकृतिक पद्धतिबाट गर्दै आएको छ।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
