नेपाल हेल्थ न्युज, चितवन । भरतपुर अस्पताल परिसरमा खेल्दाखेल्दै सेफ्टिक ट्यांकीमा खसेकी एक पाँच वर्षीया बालिकाको मृत्यु भएको छ। अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी छोरी अन्जना मगर असार ३० गते दिउँसो अस्पतालको (सी) ब्लक छेउमा रहेको सेफ्टिक ट्यांकीमा खसेकी थिइन्।
ढकनी नभएको वा कमजोर रहेको ट्यांकीको भागबाट भित्र खसेपछि केही समयमा नै उनलाई उद्धार गरी उपचार सुरु गरिएको थियो। गम्भीर अवस्थामा रहेको अन्जनालाई आईसीयूमा राखेर उपचार गरिएको थियो।
तर, अवस्था नाजुक रहँदा मंगलबार साँझ करिब ६ः४० बजे उनको निधन भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ।
दुर्घटना अस्पतालको संरचनात्मक कमजोरी र बालबालिकाको सुरक्षातर्फको बेवास्ताले भएको अनुमान गरिएको छ। यस घटनापछि अस्पताल परिसरको सुरक्षाबारे प्रश्न उठेको छ।
प्रकाशित मिति: बुधबार, असार ३२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
