नेपाल हेल्थ न्युज, चितवन । भरतपुर अस्पताल परिसरमा खेल्दाखेल्दै सेफ्टिक ट्यांकीमा खसेकी एक पाँच वर्षीया बालिकाको मृत्यु भएको छ। अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी छोरी अन्जना मगर असार ३० गते दिउँसो अस्पतालको (सी) ब्लक छेउमा रहेको सेफ्टिक ट्यांकीमा खसेकी थिइन्।
ढकनी नभएको वा कमजोर रहेको ट्यांकीको भागबाट भित्र खसेपछि केही समयमा नै उनलाई उद्धार गरी उपचार सुरु गरिएको थियो। गम्भीर अवस्थामा रहेको अन्जनालाई आईसीयूमा राखेर उपचार गरिएको थियो।
तर, अवस्था नाजुक रहँदा मंगलबार साँझ करिब ६ः४० बजे उनको निधन भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ।
दुर्घटना अस्पतालको संरचनात्मक कमजोरी र बालबालिकाको सुरक्षातर्फको बेवास्ताले भएको अनुमान गरिएको छ। यस घटनापछि अस्पताल परिसरको सुरक्षाबारे प्रश्न उठेको छ।
प्रकाशित मिति: बुधबार, असार ३२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कोशीबाट उपाध्यक्षमा पूर्व महानिर्देशक डा. टंकप्रसाद बाराकोटीको उम्मेदवारी घोषणा
आइतबार, मंसिर २८, २०८२
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करार नियुक्तिका लागि दरखास्त आह्वान
शुक्रबार, मंसिर २६, २०८२
नर्सका माग सम्बोधन गर्न तयार: कार्यदलको प्रतिवेदन आइतबार बुझाउने तयारी
शुक्रबार, मंसिर २६, २०८२
स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सहकार्यको आह्वान
शुक्रबार, मंसिर २६, २०८२
स्वास्थ्य समस्याका कारण धुर्मुस परिवारसहित अमेरिका
शुक्रबार, मंसिर २६, २०८२ट्रेन्डिङ
