नेपाल हेल्थ न्युज, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीएसएस) ले साउन १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत आफ्ना सेवा दिने प्रकृियामा परिवर्तन गर्ने निर्णयप्रति धरान उपमहानगरपालिकाले कडा आपत्ति जनाएको छ।
प्रतिष्ठानले अबदेखि बीमा सेवा लिने नागरिकलाई प्रथम सेवा केन्द्र होइन, रिफरल सेन्टर को रुपमा मात्र सेवा दिने घोषणा गरेपछि धरानका स्थानिय सरकार प्रतिनिधिहरूले नागरिक स्वास्थ्य सेवामा ठूलो असर पर्ने चेतावनी दिएका छन्।
धरानका मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्र विक्रम बेगा, सबै वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै उक्त निर्णय तत्काल फिर्ता लिन स्वास्थ्य बीमा बोर्ड र सम्बन्धित सरकारी निकायहरूको ध्यानाकर्षण गराएका छन्।
विज्ञप्तिमा भनिएको छ, “हाल धरान उपमहानगरमा बीपी प्रतिष्ठान बाहेक अन्य कुनै पनि सरकारी स्वास्थ्य संस्था प्रथम सेवा बिन्दुका रूपमा सूचीबद्ध छैन। यस्तो अवस्थामा बीपी प्रतिष्ठानलाई मात्र रिफरल सेन्टरमा सीमित गरिनु नागरिकहरूका लागि अन्य नगरपालिकाका अस्पतालबाट रेफरल लिएर उपचार गर्नुपर्ने झन्झटिलो र बाध्यात्मक अवस्थाको सिर्जना हुनेछ।”
स्वास्थ्य बीमा कार्यक्रमले विशेषगरी गरीब, विपन्न, महिला, जेष्ठ नागरिक लगायतलाई राहत पुर्याउँदै आएको सन्दर्भमा यस्तो निर्णय अन्यायपूर्ण र नागरिकहितविपरीत रहेको भन्दै त्यसलाई यथाशीघ्र सच्याउन माग गरिएको छ।
धरान उपमहानगरपालिकाले यो निर्णयको पुनरावलोकन गर्दै नागरिकको सहज पहुँच सुनिश्चित गर्न आवश्यक कदम चाल्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
