नेपाल हेल्थ न्युज, काठमाडौं । डा. सरिना गुरागाईंलाई पशुपति होमियोप्याथिक चिकित्सालयको निमित्त प्रमुखको जिम्मा दिइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै उहाँलाई नेतृत्वका लागि पठाएको हो।
यसअघि डा. गुरागाईं आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकुमा होमियोप्याथिक र आम्ची शाखा सम्हाल्दै आइरहनुभएको थियो। अब उहाँ सरकारी होमियोप्याथिक चिकित्सालयको अग्रसर बन्नुभएको छ।
विसं २०१० सालमा स्थापना भएको पशुपति होमियोप्याथिक चिकित्सालय नेपाल सरकारअन्तर्गत सञ्चालनमा रहेको एक मात्र होमियोप्याथिक सेवा केन्द्र हो। यहाँ सैयौं बिरामीहरू निःशुल्क स्वास्थ्य परामर्श र औषधि सेवा लिन आउने गर्छन्।
हाल चिकित्सालयमा आन्तरिक बिरामी सेवा (आईपीडी) नभए पनि ओपीडी मार्फत दैनिक २०० देखि २५० जनासम्म बिरामी उपचारका लागि पुग्ने गर्छन्।
फिजियोथेरापी, प्रयोगशाला सेवा जस्ता अन्य सहयोगी उपचार सेवाहरू पनि यस चिकित्सालयमार्फत उपलब्ध छन्, जसले बिरामीहरूको उपचार प्रक्रिया झनै सहज बनाएको छ।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
