नेपाल हेल्थ न्युज, धरान । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रदान हुँदै आएको स्वास्थ्य बीमा सेवा अब स्थायी रूपमा सञ्चालन हुने स्पष्ट पार्नुभएको छ।
धरान उपमहानगरपालिका–१९ मा आज आयोजित स्मृति कार्यक्रममा सहभागी हुँदै उहाँले यो बीमा सेवा प्रारम्भमा तीन महिनाका लागि सुरु गरिएको भए पनि अब बन्द नहुने बताउनुभयो। “स्वास्थ्य बीमा अब अस्थायी सेवा होइन, यो जनताको स्थायी हक बन्नेछ,” उहाँले जोड दिनुभयो।
नेकपा एमाले वडा नं १९ कमिटीद्वारा स्वर्गीय नगरप्रमुख तारा सुब्बाको सातौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले बीपी प्रतिष्ठानलाई आम जनताको पहिलो स्वास्थ्य सहाराको रूपमा स्थापित गर्न सफल भएको दाबी गर्नुभयो।
सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर रहेको र यस्तो सेवा कहिल्यै पनि अस्थायी हुन नहुने उहाँको भनाइ थियो। साथै, धरानलाई स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगारीका अवसरहरूको केन्द्रको रूपमा विकसित गर्ने योजना रहेको उल्लेख गर्दै उहाँले बसाइसराइ रोक्न आधारभूत संरचना निर्माण अपरिहार्य भएको औँल्याउनुभयो।
स्वर्गीय तारा सुब्बाको योगदानलाई सम्झिँदै मुख्यमन्त्री कार्कीले धरानको समग्र विकासका लागि साझा प्रतिबद्धता आवश्यक भएको बताउनुभयो। “अब धरान निर्माणको अभियानलाई निष्कर्षमा पुर्याउने समय आएको छ,” उहाँले भन्नुभयो, “सङ्कल्प, योजना र कार्यान्वयनलाई एकसाथ अघि बढाउनु नै आजको आवश्यकता हो।”
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
