नेपाल हेल्थ न्युज, काठमाडौैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिन उहाँकै निवासमा पुग्नुभएको छ।
अस्वस्थ रहँदै आउनुभएका वैद्य अस्पतालबाट घर फर्किएपछि प्रचण्डले व्यक्तिगत रूपमा भेट गर्नुभएको हो। भेटपछि प्रचण्डले वैद्यको स्वास्थ्यमा सुधार देखिएको भन्दै सन्तोष व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “कमरेड किरणजीको स्वास्थ्य क्रमिक रूपमा सुधारोन्मुख देखेर खुशी लाग्यो। उहाँको शीघ्र पूर्ण स्वास्थ्य लाभको शुभकामना व्यक्त गर्छु।”
मोहन वैद्य केही समयअघि अस्पतालमा उपचाररत हुनुहुन्थ्यो। अहिले उहाँ घरमै विश्राम गरिरहनुभएको छ र स्वास्थ्यमा क्रमिक सुधार आइरहेको जनाइएको छ।
प्रकाशित मिति: आइतबार, साउन ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३ट्रेन्डिङ
२
५
