नेपाल हेल्थ न्युज, काठमाडौैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिन उहाँकै निवासमा पुग्नुभएको छ।
अस्वस्थ रहँदै आउनुभएका वैद्य अस्पतालबाट घर फर्किएपछि प्रचण्डले व्यक्तिगत रूपमा भेट गर्नुभएको हो। भेटपछि प्रचण्डले वैद्यको स्वास्थ्यमा सुधार देखिएको भन्दै सन्तोष व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “कमरेड किरणजीको स्वास्थ्य क्रमिक रूपमा सुधारोन्मुख देखेर खुशी लाग्यो। उहाँको शीघ्र पूर्ण स्वास्थ्य लाभको शुभकामना व्यक्त गर्छु।”
मोहन वैद्य केही समयअघि अस्पतालमा उपचाररत हुनुहुन्थ्यो। अहिले उहाँ घरमै विश्राम गरिरहनुभएको छ र स्वास्थ्यमा क्रमिक सुधार आइरहेको जनाइएको छ।
प्रकाशित मिति: आइतबार, साउन ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्रा. डा. आशिष गोविन्द अमात्य नियुक्त
शुक्रबार, साउन २२, २०८३ट्रेन्डिङ
