नेपाल हेल्थ न्युज, काठमाडौं । १८ वर्षमुनिका किशोरीहरूलाई डिम्ब कारोबारमा संलग्न गराइएको आशंकापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विशेष छानबिन समिति गठन गरेको छ।
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. ज्वाला थापाको संयोजकत्वमा गठन गरिएको तीन सदस्यीय टोलीले ‘होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि’ र ‘एन्जल फर्टिलिटी क्लिनिक’ का गतिविधिहरूको गहिरो अध्ययन गर्नेछ।
छानबिन समितिमा डा. सरोज शर्मा, डा. सुनिता लम्साल तथा कानुन शाखाका अधिकृत सुरेश चौलागाई पनि सदस्यको रूपमा रहेका छन्। मन्त्रालयका वरिष्ठ प्रशासक तथा प्रवक्ता डा. भक्त केसीका अनुसार सचिवस्तरीय निर्णयबाट समितिको गठन गरिएको हो।
मन्त्रालयले यस्ता प्रजननसम्बन्धी क्लिनिकहरूमा भइरहेका गतिविधिबारे प्रश्न उठेका कारण अनुसन्धान अघि बढाएको जनाएको छ। हाल दुई अन्य आइभीएफ केन्द्रमाथि पनि नाबालिग किशोरीहरूबाट डिम्ब सङ्कलन गरिएको आशंकामा अनुसन्धान भइरहेको बताइएको छ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
