नेपाल हेल्थ न्युज, चितव । वर्षा सुरु भएपछि भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। पछिल्लो तीन महिनामा मात्र अस्पतालले २९१ जना सर्पदंशका बिरामीको उपचार गरेको छ।
अस्पतालको आकस्मिक कक्ष प्रमुख डा. अलाउद्दिन मियाँका अनुसार, वैशाख महिनामा ६० जना, जेठमा १०५ जना र असारमा १२६ जना सर्पदंश पीडित अस्पताल आएका थिए। तीमध्ये असारमा ९ जना र जेठमा ५ जना विशालु सर्पको डसाइबाट प्रभावित भएका थिए।
चितवनसँगै मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व), तनहुँ, गोरखा र लमजुङ जिल्लाबाट समेत बिरामीहरू भरतपुर अस्पतालमा आउने गरेका छन्।
अस्पतालमा आएका बिरामीलाई कम्तिमा पनि ६ घण्टा निगरानीमा राखेर लक्षणअनुसार औषधोपचार गरिन्छ।
डा. मियाँका अनुसार करेत, कोभ्रा, गोमन र भाइपर जस्ता विषालु सर्पको डसाइले शरीरमा गम्भीर असर पुर्याउन सक्छ। करेत र कोभ्राले नशालाई क्षति पुर्याउँछन् भने भाइपरले रक्तसञ्चार प्रणालीमा प्रभाव पार्छ।
विषालु सर्पको डसाइबाट गम्भीर अवस्थाका बिरामीलाई सघन उपचार कक्ष मा राखी उपचार गरिन्छ, भने सामान्य अवस्थाका बिरामीको आकस्मिक कक्षमै उपचार हुँदै आएको छ। अहिले दैनिक १० देखि १२ जना सर्पदंशका बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेका छन्। भरतपुर अस्पतालमा सर्पदंशको विश्वसनीय उपचार हुने भएकाले यहाँ बिरामीको चाप पनि बढिरहेको छ।
अत्यावश्यक ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई आग्रह
मंगलबार, फागुन २६, २०८२
नेपालमै क्यान्सर उपचार सम्भव भएको गायक हेमन्त शर्माको अनुभव
मंगलबार, फागुन २६, २०८२
ढोरपाटनमा दादुरा नियन्त्रणका लागि खोप अभियान सुरु
मंगलबार, फागुन २६, २०८२
हिँडेर बर्थिङ सेन्टर जाँदै गरेकी महिलाले बाटोमै जन्माइन् शिशु
मंगलबार, फागुन २६, २०८२
