नेपाल हेल्थ न्युज, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत परीक्षा नियन्त्रक कार्यालय, सानोठिमी, भक्तपुरले डिप्लोमा र प्रमाणपत्र तहअन्तर्गत स्वास्थ्य सम्बन्धी कार्यक्रमहरूमा भर्नाका लागि अनलाइन आवेदन खुला गरेको छ।
शैक्षिक सत्र २०८२/८३ का लागि परिषद्ले आज सूचना प्रकाशित गर्दै इच्छुक विद्यार्थीहरूलाई अनलाइन फारम भर्न आग्रह गरेको छ। आवेदन फारम नियमित दस्तुर तिर्दा साउन १९ गतेसम्म र ढिलो दस्तुर तिर्दा साउन २६ गतेसम्म भर्न सकिनेछ।
नयाँ नियमअनुसार अब विद्यार्थी छनोट प्रवेश परीक्षाबाट होइन, आधारभूत तहको परीक्षा (एसईई वा एसएलसी) मा प्राप्त अङ्क तथा विद्यालयको प्रकारका आधारमा गरिनेछ।
एसईईमा प्राप्त अङ्कलाई पूर्णाङ्क ४ मानिनेछ। सामुदायिक (सरकारी) विद्यालयबाट अध्ययन गरेका विद्यार्थीलाई अतिरिक्त १ अङ्क र संस्थागत (निजी) विद्यालयबाट अध्ययन गरेका विद्यार्थीलाई ०.८५ अङ्कका दरले योग्यता क्रम तयार गरिने व्यवस्था गरिएको छ।
स्वास्थ्य सम्बन्धी कार्यक्रमहरूको सिट संख्या चिकित्सा शिक्षा आयोग, परिषद्को सम्बन्धन तथा प्राविधिक शाखाबाट प्राप्त जानकारीको आधारमा तोकिएको हो।
छनोटमा परेका विद्यार्थीहरूले परिषद्को आङ्गिक, साझेदार तथा निजी शिक्षण संस्थाहरूमा भर्ना हुने अवसर पाउनेछन्। परिषद्का अनुसार हाल २८५ वटा स्वीकृत कलेजमा भर्ना हुने सकिनेछ। यस वर्ष चिकित्सा शिक्षा आयोगको २०औँ बैठकले थप दुई निजी शिक्षण संस्था स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिएको छ।
स्वास्थ्य मन्त्रालयको बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ
मंगलबार, जेठ १२, २०८३
नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी
मंगलबार, जेठ १२, २०८३
सरकारको निर्णयप्रति डा. गोविन्द केसी असन्तुष्ट, सत्याग्रहसम्म जाने चेतावनी
मंगलबार, जेठ १२, २०८३

