नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले पहिलोपटक मिर्गौला साटासाट गरी सफल प्रत्यारोपण गरेको छ। काठमाडौँ र सिराहाका दुई परिवारबीच मिर्गौला आदान–प्रदान गरी असार ३१ गते शल्यक्रिया गरिएको अस्पतालले जानकारी दिएको छ।
उक्त प्रक्रिया अन्तर्गत, एक परिवारकी ४८ वर्षीया महिलाले अर्को परिवारका ५८ वर्षका पुरुषलाई मिर्गौला दिएकी हुन् भने दोस्रो परिवारकी ५९ वर्षीया महिलाले पहिलो परिवारका ४९ वर्षीय पुरुषलाई मिर्गौला प्रदान गरेकी हुन्।
दाताहरू आफ्ना जीवनसाथीलाई मिर्गौला दिन चाहन्थे तर रक्त समूह नमिलेपछि पियर किड्नी एक्सचेन्ज विधि अपनाइएको हो।
शल्यक्रिया सफल हुनुमा अस्पतालको बहु–विषयगत (मल्टिडिसिप्लिनरी) चिकित्सक टोलीको महत्वपूर्ण भूमिका रहेको छ। चारवटा छुट्टाछुट्टै अपरेसन कक्षमा एउटै समयमा दुई दाता र दुई ग्रहणकर्ताको शल्यक्रिया गरिएको थियो। यस कार्यमा मिर्गौला तथा मुटु रोग विशेषज्ञ, शल्य चिकित्सक, एनेस्थेसिया विज्ञ र दक्ष नर्सहरूको टोली संलग्न थियो।
नेपालमा पियर किड्नी एक्सचेन्ज कानुनीरूपमा मान्यता प्राप्त प्रक्रिया हो। मानव शरीरको अङ्ग प्रत्यारोपणसम्बन्धी ऐन २०५५ र २०७२ को संशोधन अनुसार, दुई वा बढी परिवारबीच अङ्ग मिल्न सकेमा र आपसी सहमतिमा लिखित स्वीकृति प्रदान गरिएको खण्डमा यस्तो साटासाट गर्न सकिने व्यवस्था छ।
यसपटक प्रत्यारोपण गरिएका बिरामीहरूका आफ्नै परिवारबाट मिर्गौला उपलब्ध नहुँदा, वैकल्पिक उपायको रूपमा यो विधि अपनाइएको थियो।
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
