नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपालमा राजनीतिक दलहरूको संख्या धेरै भए पनि आर्थिक तथा वैचारिक दृष्टिकोणमा खासै फरक नदेखिएको बताउनुभएको छ।
बीपी कोइरालाको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले उदार अर्थनीतिको शुरुवात नेपाली कांग्रेसले नै गरेको दाबी गर्दै अहिलेका सबै प्रमुख दलहरू उही नीतिमा अडिग रहेको बताउनुभएको छ।
उहाँका अनुसार, एमालेजस्ता दलहरू पनि अलग आर्थिक दृष्टिकोण ल्याउन असफल भएका छन्।
उहाँले वर्तमान अवस्थामा नेपाली कांग्रेस विचारविहीन बन्न पुगेको भन्ने धारणा अस्वीकार गर्दै, पार्टीसँग अझै स्पष्ट नीतिगत दृष्टिकोण रहेको प्रस्ट पार्नुभयो।
साथै, सरकारले दलहरूको साझा प्रतिबद्धतालाई व्यवहारमा उतार्न नीति तथा योजनामा स्पष्टता हुनु आवश्यक रहेको उहाँले जोड दिनुभयो।
प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
