नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उपत्यका बाहिरका सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सक पठाउने प्रयासमा ठुलो अवरोध भएको बताउनुभएको छ। उहाँका अनुसार, चिकित्सक सरुवा प्रक्रिया व्यक्तिगत तथा राजनीतिक दबाबका कारण प्रभावित भइरहेको छ।
मन्त्री पौडेलले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भन्नुहुन्छ, “गजेन्द्र नारायण सिंह अस्पतालमा स्थायी दरबन्दी अनुसार एक जना प्रमुख हुनुहुन्छ, तर उहाँलाई त्यहाँ जान बाध्य पार्न हम्मे-हम्मे परेको छ।” उहाँका अनुसार, नेताहरूले आफूले पठाएका व्यक्तिलाई फर्काउन दबाब दिने गरेका छन्।
डडेल्धुरा अस्पतालको प्रसंग उल्लेख गर्दै उहाँले भन्नुभयो, “त्यहाँ पनि दरबन्दीअनुसार आवश्यक स्वास्थ्यकर्मी पुगेका छैनन्। पटक–पटक अनुरोध गर्दा पनि जिम्मेवारी स्थलमा जान मान्दैनन्।”
मन्त्रालयले गत २८ जेठमा सम्पूर्ण स्वास्थ्यकर्मीलाई आफ्नै दरबन्दीअनुसारको ठाउँमा हाजिर हुन निर्देशन दिएको थियो। तर अहिले पनि धेरै जना कर्मचारी अस्थायी रूपमा काजमा बसेर काम गरिरहेका छन्।
मन्त्री पौडेलले दोहोरो चरित्र देखाउने नेताहरूको व्यवहारप्रति पनि आलोचना गर्दै भन्नुभयो, “उनीहरू ठूला भाषण दिन्छन्, तर आफ्ना मानिसलाई सरुवा नगर्न दबाब दिन्छन्।”
काठमाडौं महानगरले साँघुरा सडकका लागि ‘बाइक एम्बुलेन्स’ सेवा ल्याउने तयारी
आइतबार, जेठ ३१, २०८३
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
आइतबार, जेठ ३१, २०८३
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
आइतबार, जेठ ३१, २०८३
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३

