नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उपत्यका बाहिरका सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सक पठाउने प्रयासमा ठुलो अवरोध भएको बताउनुभएको छ। उहाँका अनुसार, चिकित्सक सरुवा प्रक्रिया व्यक्तिगत तथा राजनीतिक दबाबका कारण प्रभावित भइरहेको छ।
मन्त्री पौडेलले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भन्नुहुन्छ, “गजेन्द्र नारायण सिंह अस्पतालमा स्थायी दरबन्दी अनुसार एक जना प्रमुख हुनुहुन्छ, तर उहाँलाई त्यहाँ जान बाध्य पार्न हम्मे-हम्मे परेको छ।” उहाँका अनुसार, नेताहरूले आफूले पठाएका व्यक्तिलाई फर्काउन दबाब दिने गरेका छन्।
डडेल्धुरा अस्पतालको प्रसंग उल्लेख गर्दै उहाँले भन्नुभयो, “त्यहाँ पनि दरबन्दीअनुसार आवश्यक स्वास्थ्यकर्मी पुगेका छैनन्। पटक–पटक अनुरोध गर्दा पनि जिम्मेवारी स्थलमा जान मान्दैनन्।”
मन्त्रालयले गत २८ जेठमा सम्पूर्ण स्वास्थ्यकर्मीलाई आफ्नै दरबन्दीअनुसारको ठाउँमा हाजिर हुन निर्देशन दिएको थियो। तर अहिले पनि धेरै जना कर्मचारी अस्थायी रूपमा काजमा बसेर काम गरिरहेका छन्।
मन्त्री पौडेलले दोहोरो चरित्र देखाउने नेताहरूको व्यवहारप्रति पनि आलोचना गर्दै भन्नुभयो, “उनीहरू ठूला भाषण दिन्छन्, तर आफ्ना मानिसलाई सरुवा नगर्न दबाब दिन्छन्।”
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
