नेपाल हेल्थ न्युज, काठमाडौं । भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले हाल २३ जना स्वास्थ्यकर्मी माग गरेको छ। यसमा ११ जना नर्स, ४ जना मेडिकल अफिसर सहित विभिन्न पदहरू खुला छन्।
सिनियर रजिष्ट्रारको रूपमा कार्डियोथेरापी तथा भास्कुलर सर्जरीका लागि १ जना, प्रत्यारोपण शल्यचिकित्सक तथा हेपाटिको प्याङ्क्रियाटो बिलियरी सर्जरीका लागि पनि १ जना, ग्याष्ट्रोइन्टोरोलोजी र रेडियोलोजी विभागमा १-१ जना रजिष्ट्रार आवश्यक परेको छ। त्यस्तै, ल्याब टेक्निसियनको पदमा ३ जना र हेमोडाइलासिस टेक्निसियनको पदमा १ जनाको माग गरिएको छ।
आवेदन दिन इच्छुक उम्मेदवारहरूले २१ दिन भित्र आवेदन दिनुपर्नेछ। विस्तृत जानकारीका लागि अस्पतालको सूचना पाटी वा आधिकारिक वेबसाइटमा हेर्न सकिन्छ।
साथै, अस्पतालले किड्नी ट्रान्सप्लान्ट मेडिसिनमा फेलोसिप कार्यक्रममा एक जना भर्ना गर्न खुला गरेको छ। यसमा आवेदन दिनका लागि एमडी इन्टरनल मेडिसिन पूरा गरी कम्तीमा दुई वर्षको अनुभव आवश्यक हुनेछ।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
