नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई लामखुट्टेको प्रजनन स्थल खोजी गरी नष्ट गर्न निर्देशन दिएको छ। मन्त्रालयले हालै जारी गरेको सूचनामा प्रत्येक शुक्रबार बिहान ९ः३० देखि १०ः३० बजेसम्म एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्न भनिएको छ।
यस अभियानमा सहभागी हुन मन्त्रालय तथा मातहतका सबै कार्यालयका कर्मचारीहरूलाई तोकिएको समयमा उपस्थित भई आफ्नो कार्यक्षेत्र वरिपरि सरसफाइ गर्न आग्रह गरिएको छ।
डेंगी संक्रमण फैलिन नदिन उद्देश्यसहित मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले केही दिनअघि नै यस्तो अभियानको घोषणा गरेको थियो।
महाशाखाको योजना अनुसार सरकारी कार्यालय मात्र नभई हरेक घर, टोल र समुदायले पनि साप्ताहिक रूपमा एक घण्टा समय छुट्याएर आफ्नो वरिपरि रहेका सम्भावित लामखुट्टे जन्मने स्थानहरू हटाउनुपर्नेछ। साउनदेखि असोज महिनासम्म नियमित रूपमा यो गतिविधि जारी राख्न भनिएको छ।
बाँकेमा हात्तीपाइले विरुद्धको १० दिने औषधि सेवन अभियान सुरु
शुक्रबार, माघ ९, २०८२
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल
शुक्रबार, माघ ९, २०८२
सानोठिमी बाल सुधार गृहमा झडप, १३ घाइते
शुक्रबार, माघ ९, २०८२
