नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई लामखुट्टेको प्रजनन स्थल खोजी गरी नष्ट गर्न निर्देशन दिएको छ। मन्त्रालयले हालै जारी गरेको सूचनामा प्रत्येक शुक्रबार बिहान ९ः३० देखि १०ः३० बजेसम्म एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्न भनिएको छ।
यस अभियानमा सहभागी हुन मन्त्रालय तथा मातहतका सबै कार्यालयका कर्मचारीहरूलाई तोकिएको समयमा उपस्थित भई आफ्नो कार्यक्षेत्र वरिपरि सरसफाइ गर्न आग्रह गरिएको छ।
डेंगी संक्रमण फैलिन नदिन उद्देश्यसहित मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले केही दिनअघि नै यस्तो अभियानको घोषणा गरेको थियो।
महाशाखाको योजना अनुसार सरकारी कार्यालय मात्र नभई हरेक घर, टोल र समुदायले पनि साप्ताहिक रूपमा एक घण्टा समय छुट्याएर आफ्नो वरिपरि रहेका सम्भावित लामखुट्टे जन्मने स्थानहरू हटाउनुपर्नेछ। साउनदेखि असोज महिनासम्म नियमित रूपमा यो गतिविधि जारी राख्न भनिएको छ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
