२० वर्षको लामो प्रतीक्षा, संघर्ष, आँशु र आशाका अध्यायपछि जब छोराले मुस्कुराउँदै आमाको औँलामा अढेस लाग्यो, त्यस क्षण साबित्री घिमिरेका आँखामा थुनिएका सबै पीडा बगेर गए । मातृत्वको त्यो पहिलो स्वाद कुनै चमत्कारभन्दा कम थिएन । सुनसरीकी साबित्री घिमिरे र उनका पति मोहन पोख्रेलले वि.सं. २०६० सालमा वैवाहिक जीवन सुरू गरेका थिए । तर समय बित्दै जाँदा सन्तानको एउटै खाँचोले उहाँहरूको जीवनमा गहिरो खालीपन भरिरह्यो । समाजका चित्कार, आफन्तका व्यंग्य, भित्रभित्रै घुलिरहेको पीडा र निरन्तरको प्रयास चलिरहेको थियो ।
सपना साकार भएको क्षण
साबित्री भन्नुहुन्छ—‘२० वर्षसम्म धेरै प्रयास गरियो । कहिले जडीबुटी, कहिले आयुर्वेद, कहिले एलोपेथी । तर कहिल्यै सफल भइनँ । अन्त्यमा इनभिट्रो फर्टिलाइजेसन (आईभिएफ) को प्रक्रियामार्फत छोरा पाएँ ।’ आईभीएफलाई सामान्य भाषामा ‘टेस्टट्युव बेवी’ पनि भनिन्छ । त्यो प्रक्रियामार्फत साबित्रीले ४१ वर्षको उमेरमा सन्तान पाउने सौभाग्य पाउनुभयो । ‘
डा. सानुमैंया म्यामकहाँ गएपछि मात्र समाधान भेटियो । उहाँले मेरो फेलोपियन ट्युव व्लक भएको बताउनुभयो । उपचार सुरू गरेको दुई महिनामै गर्भ रह्यो’—साबित्रीका आँखामा चमक दौडिन्छ ।
डा. सानुमैंया श्रेष्ठः भरोसाको नाम
यो सफलताको केन्द्रमा रहनुभयो क्रियटर्स आईभिएफ नेपालकी वरिष्ठ प्रजनन् एवं आईभीएफ विशेषज्ञ डा. सानुमैंया श्रेष्ठ । नेपालको महिला प्रजनन् स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान पु¥याइरहेकी डा. श्रेष्ठप्रति साबित्री दम्पतीको सम्मान असाधारण छ । मोहन पोख्रेल भन्नुहुन्छ—‘ डा.सानुमैंया एकदमै समझदार र अनुभवी हुनुहुन्छ । महिलाको समस्या महिलाले नै राम्ररी बुझ्दो रहेछ भन्ने लाग्यो । उहाँसँगको काउन्सिलिङ नै मन छुने खालको थियो ।’ उहाँले थप्नुभयो—‘उपचारभन्दा पहिले नै डा.सानुमैंयाले हामीलाई यति आत्मविश्वास दिनुभयो कि हामी निर्धक्क भयौं—‘अब हुन्छ नै ।’ त्यो मानसिक समर्थन नै आधा उपचार थियो ।’
गर्भधारणको समाचारः अविश्वसनीय तर साँचो
‘बि.सं.२०८० असार ४ गते हामी पहिलोपटक सानुमैंया म्याम कहाँ गयौं । उहाँले रिपोर्ट हेरेर भन्नुभयो—‘ट्युव व्लक छ । तर आईभीएफ प्रक्रियामा जाँदा सफल हुन्छ । हामीले विश्वास गर्यौं । उहाँले भन्नुभएको थियो—‘बच्चा पक्कै हुन्छ । नभन्दै भयो पनि ।’ यो समाचार जब डाक्टरले सुनाउनुभयो तब साबित्री आकाशको चन्द्रमा छोएको अनुभूति गर्न पुग्नुभयो । आँशु रोक्न सक्नुभएन । त्यति लामो समयसम्म थामिएको ममता अब भत्किएर बग्न थालेको थियो ।
समाजको दृष्टिकोण र पारिवारिक समर्थन
‘अरूले जे पनि भन्छन्, समाजले हेर्ने दृष्टिकोण पनि फरक फरक हुन्छ । तर बच्चा भएन भनेर बसिरहनु हुँदैन । हिम्मत हार्न हुँदैन । राम्रो डाक्टर खोजेर राम्रो ठाउँबाट उपचार गराउँदा सफल भइन्छ । हामी सफल भयौं, तपाईंहरू पनि सफल हुन सक्नुहुन्छ ।’—साबित्रीको सन्देश स्पष्ट छ । समान परिस्थिति भोगिरहेकाहरूका लागि उहाँ प्रेरणाको स्रोत बन्नुभएको छ ।
आईभिएफः केवल प्रविधि मात्र होइन, भरोसाको यात्रा
शारीरिक, मानसिक र आर्थिक हिसाबले आईभिएफ प्रक्रिया कठिन छ । तर योग्य चिकित्सकको मार्गदर्शन, पारिवारिक साथ र आत्मविश्वास भएमा यो यात्रा सफल हुन सक्छ भन्ने प्रमाण हुनुहुन्छ साबित्री । उहाँको अनुभव छ—‘आईभीएफको सबैभन्दा सकारात्मक पक्ष भनेको सुरुआती काउन्सिलिङ हो । जब डाक्टरले तपाईंलाई तपाईंकै भाषामा तपाईंकै समस्या बुझ्छन्, तब उपचार अझ प्रभावकारी हुन्छ ।’
मोहन पनि यही कुरा दोहोर्याउनुहुन्छ—‘ डा.सानुमैंयाको विशेषता यही हो ।’ उहाँले हामीलाई पहिलोपल्ट भेटेर भन्नुभयो—‘तपाईंहरूको केस सक्सेस हुन्छ ।’ अनि हामीले पनि उहाँलाई नै अन्तिम आशा मानेर अघि बढ्यौं ।’
मातृत्वको त्यो पहिलो क्षण
जब अस्पतालको शय्यामा आमाले पहिलोपटक आफ्नो बच्चालाई अँगालोमा लिन्छन्, त्यहाँ कुनै शब्दले त्यो अनुभूति बयान गर्न सक्दैन । साबित्री भावुक हुँदै भन्नुहुन्छ—‘उहाँ त भगवान हुनुभयो । उहाँले उपचार गर्नुभयो । म आमा बन्न सकेँ । यो केवल चिकित्सा प्रक्रिया मात्र होइन, हाम्रो जीवन नै बदलियो ।’
सन्देश र प्रेरणा
साबित्रीको यो कथा केवल एक महिलाको मातृत्व प्राप्तिको कथा मात्र होइन, यो लाखौँ महिलाहरूका लागि प्रेरणादायी सन्देश हो । सन्तान नहुनु अभिशाप होइन । प्रविधि, धैर्य, आत्मबल र साँचो डाक्टरको साथले सधैं नयाँ आशाको ढोका खोल्न सक्छ । उहाँ भन्नुहुन्छ—‘हरेस नखानुहोला । समाज जे भन्छ मतलब नगर्नुहोला । जीवन तपाईंको हो । बच्चा पाउने सपना साकार गर्न सकिन्छ । हामीले २० वर्षपछि सफल भयौं । तपाईंहरू पनि पक्कै सफल हुन सक्नुहुन्छ ।’
डा. सानुमैंया श्रेष्ठको मार्गदर्शनमा साबित्री–मोहन दम्पतीको सफल आईभीएफ यात्रा एक प्रेरणाको कथा बनेको छ । यो कथा हजारौं दम्पतीका लागि आशाको ज्योति बन्न सक्छ—‘जहाँ संघर्षपछिको सफलता मिठो लाग्छ र विश्वास राखेपछि चमत्कार हुन्छ ।’
यस्ता
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
