नेभिगेशन

भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या घट्दै

नेपाल हेल्थ न्युज, चितवन । भरतपुर अस्पतालमा मातृत्व सेवा लिने महिलाहरूको सङ्ख्या पछिल्लो केही वर्षयता घट्दै गएको देखिएको छ। कहिल्यै वर्षमा १६ हजारभन्दा बढी महिलाले सेवा लिने यस अस्पतालमा अब त्यो सङ्ख्या करिब आधाले घटेको छ।

अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं विभागीय प्रमुख प्राडा। सुनिलमणि पोखरेल अस्पतालमा गत आव २०८१/८२ मा आठ हजार ३१८ गर्भवतीले प्रसूति सेवा लिएको जानकारी दिनुभयो ।

यसमध्ये चार हजार ३८३ ९५२ दशमलव ४५ प्रतिशत (को सामान्य प्रसूति (नर्मल डेलिभरी), तीन हजार ७६७ जना ९४५ दशमलव २८ प्रतिशत) को शल्यक्रिया (सिजेरियन डेलिभरी) र एक सय ८८ ( २ दशमलव २६ प्रतिशत) को जटिल प्रसूति भएको थियो ।

अघिल्लो आव २०८०/८१ मा नौ हजार ३५५ र त्यसअघि आव २०७९/८० मा ११ हजार ८९४ गर्भवतीले प्रसूति सेवा लिएका थिए ।

डा. पोखरेलले विगतमा देशभरका ग्रामीण क्षेत्र र छिमेकी जिल्लाबाट समेत भरतपुर अस्पतालमा प्रसूति सेवाका लागि आउनेहरू धेरै रहेको स्मरण गर्दै अहिले नगरस्तरमै सेवा विस्तार भएका कारण मानिसहरू नजिकैका अस्पताल तथा बर्थिङ सेन्टरमा नै उपचार गर्न थालेको बताउनुभयो।

नगर अस्पताल र स्थानीय बर्थिङ सेन्टरहरूले सेवा दिन थालेपछि यहाँको चाप स्वाभाविक रूपमा घटेको हो, उहाँले भन्नुभयो, यो निजी अस्पतालतर्फ सर्ने प्रवृत्तिका कारण होइन, बरु जनतालाई छेउमै सुविधा उपलब्ध भएकाले सरकारी ठूला अस्पतालको चाप घटेको हो।

यस्तै, डा. पोखरेलले वैदेशिक रोजगारीका लागि युवा वर्गको व्यापक पलायनले पनि देशभर नै मातृत्व सेवाको माग घटेको संकेत गर्नुभयो। बच्चा पाउने उमेरका महिला र पुरुषहरू नै विदेशिएकाले सन्तान जन्मदर घट्दै गएको हो, उहाँको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट