नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना मातहतका विभिन्न विभाग, अस्पताल, प्रयोगशाला तथा केन्द्रहरूसँग उनीहरूसँग रहेको जग्गाको विस्तृत जानकारी माग गरेको छ।
हालै केही संघीय अस्पताल र प्रयोगशालाहरूको जग्गा अतिक्रमणमा परेको भन्ने गुनासा आएको पृष्ठभूमिमा मन्त्री प्रदीप पौडेलले त्यसबारे ध्यान दिँदै सम्पूर्ण जग्गा विवरण संकलन गर्न निर्देशन दिनुभएको हो।
मन्त्रालयले पठाएको सूचनामा सम्बद्ध निकायहरूलाई आफ्नो नाममा रहेको कित्ता, त्यसको उपयोग अवस्था, यदि कुनै निकाय वा व्यक्तिलाई लिजमा दिइएको भए त्यसको मिति, क्षेत्रफल, शर्त लगायत सम्पूर्ण विवरण स्पष्ट रूपमा सात दिनभित्र पठाउन भनिएको छ।
पत्रमा भनिएको छ, “तपाईंको कार्यालय वा संस्थाको नाममा कति जग्गा दर्ता छरु त्यसको प्रयोग केका लागि भइरहेको छरु अन्य कसैलाई उपयोग गर्न दिइएको भए विवरणसहित जानकारी उपलब्ध गराउनुहोस्।”
स्वास्थ्य मन्त्रालयको यो कदमले सरकारी स्वामित्वमा रहेको स्वास्थ्य संस्थाहरूको सम्पत्तिको सही व्यवस्थापनतर्फ मार्ग खोल्ने अपेक्षा गरिएको छ।
सरकारद्वारा मन्त्रालय पुनर्संरचना: ४ मन्त्रालय खारेज हुँदै
सोमबार, वैशाख २१, २०८३
१५ दिनसम्म राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन’
सोमबार, वैशाख २१, २०८३
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३

