नेपाल हेल्थ न्युज, भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित विशेष समारोहमा बागमती प्रदेश पूर्ण खोप सुनिश्चित भएको औपचारिक घोषणा गरिएको हो ।
यो घोषणा प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित कार्यक्रममार्फत गरिएको हो, जहाँ प्रधानमन्त्री ओलीले राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्र स्वास्थ्य मन्त्री किरण थापालाई हस्तान्तरण गर्नुभयो। प्रमाणपत्र अनुसार, १६ देखि २३ महिनाका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र अनिवार्य खोप प्राप्त गरिसकेका छन्।
प्रदेशभरका १३ जिल्लाका ११९ स्थानीय तहमा अभियान सफल भएपछि यसलाई प्रदेशस्तरमा मान्यता दिइएको हो। कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘डिजिटल हेल्थ कार्यक्रम’ को पनि औपचारिक उद्घाटन गर्नुभयो।
प्रधानमन्त्री ओलीले आफ्नो मन्तव्यमा स्वास्थ्य अभियानलाई समृद्ध नेपालको यात्रासँग जोड्दै भन्नुभयो, “स्वस्थ नागरिक बिना समृद्ध राष्ट्र सम्भव छैन। रोग लाग्न सक्छ, तर रोकथाम गर्न सकिन्छ त्यसका लागि खोप सबैभन्दा प्रभावकारी उपाय हो।” उहाँले स्वास्थ्य अधिकारलाई संविधानले मौलिक हकको रुपमा स्वीकार गरिसकेको भन्दै खोप अभियान त्यसको मूर्त रुप भएको उल्लेख गर्नुभयो।
आगामी वर्ष २०८३ मा नेपालले विकासशील राष्ट्रको दर्जा पाउने योजनासँग जोड्दै प्रधानमन्त्री ओलीले यस खोप अभियानको सफलता त्यस दिशामा ठूलो योगदान हुने विश्वास व्यक्त गर्नुभयो। साथै, उत्कृष्ट कार्य सम्पादन गर्ने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानित समेत गरिएको थियो।
मुख्यमन्त्री बहादुरसिंह लामाले पनि कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशस्तरीय समन्वय, स्वास्थ्यकर्मीको सक्रियता र स्थानीय तहको सहकार्यले यो उपलब्धि सम्भव भएको बताउनुभयो।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
