नेपाल हेल्थ न्युज,काठमाडौं ।बीमा सेवामा अनावश्यक रिफरको प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै स्वास्थ्य बीमा बोर्डले सूचीकृत स्वास्थ्य संस्थाहरूलाई सचेत गराएको छ।
बोर्डका अनुसार, धेरै स्वास्थ्य संस्थाहरूले आफैंसँग उपचार गर्न सक्ने सुविधा र दक्षता हुँदाहुँदै पनि बीमा भएका बिरामीलाई अन्य केन्द्रमा पठाउने गरेको पाइएको छ। बोर्डका सूचना अधिकारी विकेश मल्लले यस खालको अभ्यास चिकित्सकीय आचरण तथा बीमा सम्बन्धी कानुन विपरीत भएको स्पष्ट गर्नुभयो।
उहाँका अनुसार, यस्तो लापरवाहीले बिरामीलाई अनावश्यक रूपमा सास्ती हुने मात्रै होइन, बीमा प्रणालीमाथि पनि अविश्वास बढ्ने खतरा रहन्छ।
स्वास्थ्य बीमा ऐन, २०७४ र नियमावली, २०७५ मा स्पष्ट उल्लेख गरिएको छ कि पहिलो सेवा विन्दुले बीमितलाई यथासम्भव आवश्यक उपचार प्रदान गर्नुपर्छ। कुनै सेवा उपलब्ध नभएको अवस्थामा मात्र त्यसको स्पष्ट कारणसहित अन्य स्वास्थ्य संस्थामा रिफर गर्न सकिने व्यवस्था छ।
बोर्डले सूचीकृत सबै संस्थाहरूलाई पत्राचारमार्फत सम्झाइ–बुझाइ गरिसकेको जानकारी दिएको छ, र स्वास्थ्य सेवा प्रवाह पारदर्शी तथा उत्तरदायी बनाउन सबै पक्षको सहयोग अपेक्षित गरिएको छ।

विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
