नेपाल हेल्थ न्युज, काठमाडौं । शिक्षण अस्पताल महाराजगन्जले करार सेवामा नियुक्तिका लागि क्लिनिकल रजिस्ट्रार पदमा इच्छुक उम्मेदवारहरूबाट दरखास्त माग गरेको छ। अस्पतालले चारवटा भिन्न विभागका लागि जम्मा आठ जना चिकित्सक आवश्यक रहेको जनाउँदै आवेदन आह्वान गरेको हो।
जसअनुसार स्क्रिनिङ ओपीडी, युरोलोजी, आकस्मिक (इमर्जेन्सी), र अन्कोलोजी विभागहरूमा रिक्त स्थान पूर्ति गरिनेछ।
इच्छुक नेपाली नागरिकहरूले २०८२ साल साउन २९ गतेभित्र कार्यालय समयसम्म आवेदन बुझाइसक्नुपर्नेछ।
उम्मेदवारी दिन न्यूनतम २१ वर्ष उमेर पूरा भइसकेका र अधिकतम ४५ वर्ष ननाघेका व्यक्तिहरू योग्य हुनेछन्। अस्पतालले लिने परीक्षा लिखित हुनेछ भने परीक्षासम्बन्धी थप जानकारी आगामी भदौ २ गते दिइने जनाइएको छ।
आवेदन प्रक्रिया, योग्यताको विवरण र अन्य जानकारीका लागि इच्छुक व्यक्तिहरूले शिक्षण अस्पतालको कर्मचारी प्रशासन शाखामा सम्पर्क गर्न सक्ने सूचनामा उल्लेख गरिएको छ।

विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
