नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य र जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकार एक्लैले निःशुल्क स्वास्थ्य र शिक्षा उपलब्ध गराउन नसक्ने बताउनुभएको छ। उहाँले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै भन्नुभयो, शिक्षा र स्वास्थ्यमा सामुदायिक योगदानको आवश्यकता छ। सरकारले मात्र यसलाई सुनिश्चित गर्न असमर्थ छ।
मन्त्री पौडेलले राज्यको लगानी यस क्षेत्रको लागि अपर्याप्त रहेको र भविष्यमा यसमा महत्वपूर्ण वृद्धि हुने सम्भावना पनि छैन भन्नुभयो।
राज्यले अहिलेसम्म गरेको लगानी निकै सीमित छ, र आगामी समयमै यसमा थप ठूलो लगानी गर्न सक्ने अवस्था छैन, उहाँले स्पष्ट पार्नुभयो।
शिक्षा र स्वास्थ्यमा सुधारको लागि नागरिकको सक्रिय भूमिका र योगदान महत्त्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो। उहाँले थप्नुभयो, शहरी क्षेत्रमा केहि हदसम्म शिक्षा र स्वास्थ्यको गुणस्तरीय सेवा उपलब्ध भएपनि, ग्रामिण क्षेत्रका विद्यालय र स्वास्थ्य सेवाहरुमा विकल्पको अभाव छ।
पौडेलले ग्रामिण क्षेत्रका नागरिकलाई ध्यानमा राखेर स्थानीय स्तरमा शिक्षालय र स्वास्थ्य संस्थाहरुको स्थापना गर्ने महत्व आवश्यकता प्रकट गर्नुभयो। ग्रामिण क्षेत्रमा स्थानीय लगानीमा शिक्षालय र स्वास्थ्य केन्द्र खोल्नु पर्छ, उहाँले भन्नुभयो।
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
