नेपाल हेल्थ न्युज, काठमाडौं । हालैको एक सातामा देशका विभिन्न ७४ जिल्लामा डेंगी संक्रमणका १६० नयाँ घटना पुष्टि भएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विवरणअनुसार, पछिल्लो समय डेंगी संक्रमणको जोखिम फेरि बढ्न थालेको देखिएको छ। यससँगै चालु वर्षको पुस महिनादेखि अहिलेसम्म डेंगीबाट प्रभावित हुनेको संख्या २,७२० पुगेको छ।
जसमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा ७ सय ९७ जनामा डेंगी पुष्टि भएको छ ।
त्यसैगरी, बागमतीमा ५ सय ६८, कोशीमा ४ सय ७९ लुम्बिनीमा ४ सय ३४, सुदूरपश्चिममा ३ सय २७, कर्णालीमा ६६ र मधेशमा ४९ जनामा डेंगी पुष्टि भएको डिसिडीले जनाएको छ ।
डेंगी संक्रमण एडिस जातको पोथी लमखुट्टेको टोकाइबाट फैलिने भाइरल रोग हो। नेपालमा पहिलोपटक सन् २००४ चितवनमा डेंगी देखा परेको इतिहास छ।
स्वास्थ्य विज्ञहरूका अनुसार, डेंगीको संक्रमणबाट जोगिन झुल प्रयोग गर्नु, बिहान र साँझ शरीर ढाकिने किसिमको लुगा लगाउनु, घर वरपर पानी जम्न नदिनु, टायर, ड्रम र बोतल जस्ता वस्तुहरू सफा राख्नु आवश्यक हुन्छ।
पानी जम्न दिने स्थानहरू डेंगी फैलाउने लमखुट्टेको प्रजननस्थल बन्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीको वीर अस्पतालमा सरुवा
शुक्रबार, वैशाख ११, २०८३
१७ जना डाक्टरको नाम दर्ता खारेज (सूचीसहित)
शुक्रबार, वैशाख ११, २०८३
गण्डकीमा ५ करोडको आपतकालीन स्वास्थ्य कोष स्थापना
शुक्रबार, वैशाख ११, २०८३


