नेपाल हेल्थ न्युज, काठमाडौं । सन्तान प्राप्तिका लागि सहायक प्रजनन प्रविधिको सहारा लिनुपर्ने अवस्थामा आइपुग्ने धेरै जोडीका लागि इम्ब्रियोलोजिष्ट निकै महत्वपूर्ण हुन्छ । मैले शून्यबाट सुरु गर्दै पछिल्लो पाँच वर्षमा प्रजनन विज्ञानमा आफूलाई स्थापित गरेको छु ।
ल्याब असिस्टेन्टबाट करियर सुरु गरेको थिएँ । कामसँगै सिक्ने अवसर पाएँ । भारतमा विशेष तालिम पनि लिने मौका मिल्यो । त्यहाँ धेरै कुरा बुझ्न पाएँ । सिक्दै, बुझ्दै यहाँ पनि काम गर्दै गएँ र अहिले इम्ब्रियोलोजिष्टको रूपमा काम गर्दै छु । इन्फर्टिलिटी सम्बन्धी जनचेतना विस्तार हुँदै गएको छ ।
पहिले जस्तो खुलेर कुरा गर्न नचाहने चलन अब क्रमशः परिवर्तन हुँदैछ । अब त धेरै जोडीहरू जानकारी लिएर आफैँ आउनुहुन्छ । हामीले दिने सल्लाहअनुसार प्रक्रिया अगाडि बढाउनुहुन्छ ।
आइभीएफ सेन्टरमा दुई प्रकारका ल्याब सञ्चालन हुन्छन् – एन्ड्रोलोजी ल्याब र इम्ब्रियोलोजी ल्याब । एन्ड्रोलोजी ल्याबमा सिमेनसम्बन्धी सबै प्रक्रिया – जाँच, एनालाइसिस, आईयूआई सम्मको काम हुन्छ । इम्ब्रियोलोजी ल्याब भनेको अण्डासँग सम्बन्धित हुन्छ ।
अण्डाको म्याच्युरिटी हेर्ने, इन्सेमिनेसन गर्ने, इक्सी गर्ने, इम्ब्रियो तयार पार्ने र ट्रान्सफर तथा फ्रिजिङ गर्ने काम हुन्छ । अहिले कामको दायरा सिमेन वा अण्डाको जाँचमा मात्र सीमित छैन । केस डिसाइड गर्नेदेखि कुन जोडीलाई कस्तो उपचार उपयुक्त हुन्छ भन्ने निर्णय प्रक्रियासमेतमा संलग्न हुनुपर्छ ।
यो फिल्डमा करियर बनाउँदा धेरै कुरा बुझ्न पाएको छु । कसैको जीवनमा आमूल परिवर्तन ल्याउन सक्ने काम हो यो । सफल इम्ब्रियो ट्रान्सफरपछि जब रिपोर्ट पोजेटिभ आउँछ, त्यो खुशीसँग तुलना हुने केही हुँदैन । शून्यबाट शुरु गर्दै अहिले अत्यन्तै संवेदनशील र प्रविधिमैत्री जिम्मेवारी सम्हालिरहेको छु ।
आईभीएफ सफलता पछाडि नदेखिने योगदान
बुधबार, साउन २८, २०८२
पहिलो रोजगारीमै आत्मविश्वासको उडान
मंगलबार, साउन २७, २०८२
औषधिको सुरक्षा र सटीकता सुनिश्चित गर्ने नायिका
आइतबार, साउन २५, २०८२
आधारभूतदेखि अत्याधुनिकसम्मः आईटीको अविरल योगदान
शनिबार, साउन २४, २०८२
