नेपाल हेल्थ न्युज, काठमाडौं । सन्तान प्राप्तिको सपनासँग संघर्ष गरिरहेका दम्पतीका लागि इनफर्टिलिटी उपचार केन्द्रहरू आशाको केन्द्र बनेका छन् । यस्ता उपचार केन्द्रहरूमा चिकित्सक, नर्स र इम्ब्रियोलोजिष्टको भूमिका जति महत्वपूर्ण छ त्यति नै महत्वपूर्ण हुन्छ, पर्दामा नदेखिने केही हातहरू—जुन सँधैं सजग र संवेदनशील भएर काम गरिरहेका हुन्छन् ।
क्रियटर्स आईभीएफ नेपालकी ल्याब असिस्टेन्ट रिना ख्याजु त्यस्तै एक प्रेरक पात्र हुनुहुन्छ । रिनाले यो क्षेत्रमा सात वर्ष बिताइसक्नुभएको छ । सुरुका पाँच वर्ष उहाँले क्लिनिकल नर्सको रूपमा काम गर्नुभयो । दुई वर्षदेखि ल्याब असिस्टेन्टको रूपमा कार्यरत हुनुहुन्छ ।
ल्याबमा उहाँले गर्ने काम अत्यन्तै संवेदनशील र सुरक्षित हुनुपर्ने खालको छ—आईयूआईका लागि स्याम्पल तयारी, सिमेन्स एनालाइसिस र सिमेन्स फ्रिजिङ जस्ता प्रविधिमार्फत नमुना व्यवस्थापन, एग पिकअपका बेला इम्ब्रियोलोजिष्टलाई प्रत्यक्ष सहयोग ।
‘इम्ब्रियोलोजिष्टको भूमिका आईभीएफमा अत्यन्तै ठूलो हुन्छ, सानो गल्तीले पनि पेसेन्टलाई कन्सिभ गर्न गाह्रोे पर्न सक्छ ।
त्यसैले ल्याबमा काम गर्दा हरेक सेकेन्डमा कन्सियस भएर काम गर्नुपर्छ ।’—रिनाले भन्नुभयो । रिना ल्याबमा आवश्यक सबै सामग्री व्यवस्थापन गर्ने, उपकरणको तयारी गर्ने, एग पिकअपका बेला समयमै सम्पूर्ण प्रक्रिया सहज बनाउने काम गर्नुहुन्छ ।
सधैं पर्दा पछाडि रहेर उपचार सफल बनाउन अहोरात्र खट्नुहुन्छ उहाँ । उहाँको अनुभवले आईभीएफजस्तो अत्याधुनिक प्रविधिमा मात्र होइन, त्यस प्रविधिमा संलग्न हरेक व्यक्ति, हरेक चरण र हरेक जिम्मेवारीले उपचार सफलताको सम्भावना बढाउने देखाउँछ ।
रिनाजस्ता नदेखिएका नायकहरूको निष्ठा र समर्पणकै कारण थुप्रै दम्पतीका घरमा बच्चाको तोतेबोली गुञ्जिएको छ । उहाँहरुको योगदानले चिकित्सा क्षेत्रको आत्मा अझ गहिरो बनाएको छ ।
पहिलो रोजगारीमै आत्मविश्वासको उडान
मंगलबार, साउन २७, २०८२
ल्याब असिस्टेन्टबाट सुरुः अब आइभीएफ सफलताको साक्षी
आइतबार, साउन २५, २०८२
औषधिको सुरक्षा र सटीकता सुनिश्चित गर्ने नायिका
आइतबार, साउन २५, २०८२
आधारभूतदेखि अत्याधुनिकसम्मः आईटीको अविरल योगदान
शनिबार, साउन २४, २०८२
