नेभिगेशन

आधारभूतदेखि अत्याधुनिकसम्मः आईटीको अविरल योगदान

क्रियटर्स आईभीएफ नेपालमा पछिल्लो चार वर्षदेखि सूचना प्रविधिसम्बन्धी सम्पूर्ण जिम्मेवारी 

स्वास्थ्य सेवा प्रवाहलाई आजको डिजिटल युगमा सशक्त बनाउने अवयव हो—सूचना प्रविधि (आईटी) । क्रियटर्स आईभीएफ नेपालमा पछिल्लो चार वर्षदेखि सूचना प्रविधिसम्बन्धी सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आउनुभएका रोहित ताम्राकार यस प्रणालीका अदृश्य नायक हुनुहुन्छ ।

‘विगत चार वर्षदेखि क्रियटर्स आईभीएफमा काम गरिरहेको छु’—भन्नुहुन्छ—‘कम्प्युटर, नेटवर्किङ, ग्राफिक डिजाइन, भिडियो एडिटिङ, टेलिफोन लाइनदेखि सीसी टिभीसम्मका सम्पूर्ण आईटीसम्बन्धि काम मैले नै हेर्छु ।’ एकैपटक प्रविधि प्राविधिक, समस्या समाधानकर्ता र क्रिएटिभ डिजाइनरको भूमिकामा उत्रिने रोहितको योगदान उपचारको गुणस्तरमा सिधै प्रभाव पार्ने खालको छ ।

अस्पतालको सेवा प्रवाह निर्वाध बनाउन, चिकित्सक, नर्स, व्यवस्थापन र बिरामीबीच सहज सञ्चार सुनिश्चित गर्न, डिजिटल डाटा सुरक्षित राख्न र संस्थाको पहिचान बनाउने ग्राफिक्स तयार पार्न—यी सबै काममा उहाँको भूमिका केन्द्रित छ ।

‘आईटी सेवा भनेको सबै व्यक्ति र विभागबीच कनेक्सन गराउने माध्यम हो’—उहाँ भन्नुहुन्छ—‘म त्यो कनेक्सन सशक्त बनाउने प्रयासमा छु ।’ क्रियटर्स आईभिएफजस्तो अत्यन्त संवेदनशील र प्रविधिमैत्री स्वास्थ्य संस्थामा आईटी सिस्टम दुरुस्त राख्नु केवल प्राविधिक काम मात्र होइन, दम्पतीको विश्वासको रक्षा गर्नु पनि हो ।

डाटा सुरक्षा, टेलिफोन सञ्चार, भिडियो सामग्री उत्पादन र भिजुअल कम्युनिकेसन—यी सबै पक्षमा रोहितको कार्यकुशलताले संस्थालाई डिजिटल रूपले सक्षम बनाएको छ । उहाँको निरन्तरता र दक्षताका कारण आज क्रियटर्स आईभीएफ नेपालभित्र सूचना प्रविधिको भरपुर उपयोग हुँदैछ, जसले उपचार सेवाको गति र गुणस्तर दुवैमा सुधार ल्याएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप करियर