नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य सेवामा सफल उपचार मात्र डाक्टर वा नर्सको कामले सम्भव हुँदैन । पर्दामा नदेखिने तर अति आवश्यक भूमिका पनि यति नै महत्वपूर्ण हुन्छन् । क्रियटर्स फार्मा प्रा.लिमा कार्यरत फार्मेसिस्ट सरोजा मुमी यस्तै एक उदाहरण हुनुहुन्छ जसको कामले उपचारको गुणस्तरमा प्रत्यक्ष असर पारिरहेको छ ।
बिफार्म अध्ययन गर्नुभएकी सरोजा विगत तीन वर्षदेखि क्रियटर्स फार्मा प्रा.लि.मा कार्यरत हुनुहुन्छ । उहाँ बिरामीलाई डाक्टरको प्रेस्क्रिप्सनअनुसार औषधि वितरण मात्र होइन, उनीहरूले औषधि कसरी र कहिले सेवन गर्ने भन्ने कुरामा आवश्यक काउन्सिलिङ पनि गर्नुहुन्छ । उहाँ भन्नहुन्छ—‘हाम्रो स्पेसलाईजेसन हर्मोनल मेडिसिन र इन्जेक्सनमा केन्द्रित छ ।
आईभीएफ उपचारमा यस्ता औषधिको प्रयोग अत्यधिक हुन्छ जसले उपचारको नतिजालाई प्रत्यक्ष प्रभाव पार्छ । त्यसैले हामीले यस्ता औषधिको कोल्ड चेन स्टोरेज पनि कडाईका साथ मेन्टेन गर्नुपर्छ ।
’ औषधिको तापक्रम व्यवस्थापनदेखि सुरक्षित आपूर्ति सुनिश्चित गर्नेसम्मको जिम्मेवारी उहाँको टिमले सम्हालिरहेको छ ।
साथै क्रियटर्स आईभिएफ नेपालमा हुने विभिन्न प्रक्रिया र प्रोसीजरमा आवश्यक पर्ने हरेक प्रकारका मेडिकल सप्लाइ—जसमा सुई, इन्जेक्सन, क्याथेटर, एनेस्थेसिया सामग्री आदि पनि पर्दछन्—उपलब्ध गराउनु पनि टिमको जिम्मेवारी हो । आईभीएफ उपचार संवेदनशील र प्राविधिक रूपमा जटिल प्रक्रिया हो ।
त्यसमा प्रयोग हुने औषधिको गुणस्तर, भण्डारण, वितरण र सही प्रयोगको सुनिश्चितता नभइकन उपचार सफल हुने सम्भावना घट्छ । यस्ता चुनौतीबीच पनि सरोजा र उहाँको टिमले आफ्नो काममा कुनै सम्झौता नगरी, निष्ठा र सजगताको साथ आफ्नो जिम्मेवारी पूरा गरिरहेको छ ।
उहाँको योगदानले स्वास्थ्य सेवा प्रणालीमा औषधि व्यवस्थापनको महत्वलाई झनै बलियो बनाएको छ । उपचारको पर्दा पछाडि खटिरहेका यस्ता फार्मेसिस्टको सानो जस्तो देखिने तर अत्यन्तै महत्वपूर्ण योगदानलाई सलाम गर्नु हाम्रो कर्तव्य हुन आउँछ ।
आईभीएफ सफलता पछाडि नदेखिने योगदान
बुधबार, साउन २८, २०८२
पहिलो रोजगारीमै आत्मविश्वासको उडान
मंगलबार, साउन २७, २०८२
ल्याब असिस्टेन्टबाट सुरुः अब आइभीएफ सफलताको साक्षी
आइतबार, साउन २५, २०८२
आधारभूतदेखि अत्याधुनिकसम्मः आईटीको अविरल योगदान
शनिबार, साउन २४, २०८२
