नेपाल हेल्थ न्युज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जनस्वास्थ्य केन्द्रीय विभागको प्रमुखको जिम्मेवारी प्राध्यापक राजन पौडेललाई दिइएको छ। विभागमै कार्यरत रहँदै आउनुभएका पौडेलले सोमबारदेखि विभागीय प्रमुखको पदभार ग्रहण गर्नुभएको हो।
पौडेल जनस्वास्थ्य विषयमा स्नातकोत्तर र एमफिल तहमा उत्कृष्टता हासिल गर्नुभएको छ, जहाँ दुबै तहमा उहाँले गोल्ड मेडल प्राप्त गर्नुभएको थियो।
शैक्षिक तथा व्यावसायिक पृष्ठभूमिमा उहाँको अनुभव उल्लेखनीय रहेको छ।
पदभार ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रा. पौडेलले भन्नुभयो, “सम्बन्धित पत्र प्राप्त गरी मैले प्रमुखको जिम्मेवारी सम्हालेको छु। अब विभागको समुचित विकास, शैक्षिक गुणस्तर अभिवृद्धि र विस्तारमा समर्पित भएर काम गर्नेछु।”
उहाँ हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा गठित पोषण, खाद्य सुरक्षा तथा विषादी नियन्त्रण उपसमितिका अध्यक्ष हुनुहुन्छ। त्यस्तै, नेपाल स्वास्थ्य व्यवसायी परिषद्को बोर्ड सदस्यको रूपमा पनि उहाँको सक्रिय सहभागिता रहेको छ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
