नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को ३३औं वार्षिक सभा सोमबार काठमाडौंस्थित कार्यालयमा सम्पन्न भएको छ। बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि शैक्षिक, प्रशासनिक, भौतिक पूर्वाधार र वित्तीय पक्षसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा न्याम्सका सहकुलपति प्रदीप पौडेलको अध्यक्षतामा सम्पन्न सभामा राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी विच्छा, स्वास्थ्य सचिव डा. विकास देवकोटा, उपकुलपति प्रा. डा. भुपेन्द्र बस्नेतसहित उच्च अधिकारीहरूको उपस्थिति थियो।
उपकुलपति बस्नेतका अनुसार, यस वर्षका लागि ४ अर्ब १२ करोड रुपैयाँ बराबरको बजेट स्वीकृत गरिएको छ।
साथै, भक्तपुरको दुवाकोटमा विस्तार गरिँदै गरेको न्याम्स परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने निर्णय पनि सैद्धान्तिक रूपमा पारित भएको छ। सभाले न्याम्सका विभिन्न तहमा स्नातक गरेका १७८ जनालाई आउँदो दीक्षान्त समारोहमा उपाधि प्रदान गर्ने निर्णय समेत गरेको छ।
त्यसैगरी, स्वास्थ्यकर्मी र कर्मचारीका लागि महंगी भत्ता समायोजन गर्ने प्रस्ताव पारित गर्नुका साथै वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कान्ति बाल अस्पताल, भरतपुर अस्पताल र कोशी अस्पतालमा शिक्षक पदको दरबन्दी वृद्धि गर्ने प्रस्ताव पनि स्वीकृत गरिएको छ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
