नेपाल हेल्थ न्युज, विराटनगर । कोशी प्रदेश सरकारले झापा जिल्लाको विर्तामोडमा रहेको यातायात व्यवस्था कार्यालयमा एक जना मेडिकल अधिकृत खटाउने निर्णय गरेको छ।
स्वास्थ्य मन्त्रालय, विराटनगरले २०८२ साल साउन १ गतेदेखि कार्यान्वयनमा आउने गरी यो निर्णय गरेको हो। सोअनुसार, प्रदेशिक अस्पताल भद्रपुरमा कार्यरत आठौं तहका एक चिकित्सकलाई यातायात कार्यालयमा खटाइएको हो।
यो व्यवस्था मन्त्रालयको २०८२ असार २५ गतेको निर्णयअनुसार थप जिम्मेवारीको रूपमा गरिएको हो।
यातायात कार्यालयमा कार्यरत रहँदा ती चिकित्सकको तलब र भत्ता स्वास्थ्य मन्त्रालयमार्फतै प्रदान गरिने व्यवस्था गरिएको छ।
निर्णयसँग सम्बन्धित सूचना मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, स्वास्थ्य सेवा विभाग, प्रदेशिक अस्पताल भद्रपुर, साथै स्वास्थ्य मन्त्रालयको आर्थिक प्रशासन शाखालगायतका सम्बन्धित निकायहरूलाई पनि जानकारी गराइएको छ।
काठमाडौं महानगरले साँघुरा सडकका लागि ‘बाइक एम्बुलेन्स’ सेवा ल्याउने तयारी
आइतबार, जेठ ३१, २०८३
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
आइतबार, जेठ ३१, २०८३
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
आइतबार, जेठ ३१, २०८३
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३

