नेपाल हेल्थ न्युज, विराटनगर । कोशी प्रदेश सरकारले झापा जिल्लाको विर्तामोडमा रहेको यातायात व्यवस्था कार्यालयमा एक जना मेडिकल अधिकृत खटाउने निर्णय गरेको छ।
स्वास्थ्य मन्त्रालय, विराटनगरले २०८२ साल साउन १ गतेदेखि कार्यान्वयनमा आउने गरी यो निर्णय गरेको हो। सोअनुसार, प्रदेशिक अस्पताल भद्रपुरमा कार्यरत आठौं तहका एक चिकित्सकलाई यातायात कार्यालयमा खटाइएको हो।
यो व्यवस्था मन्त्रालयको २०८२ असार २५ गतेको निर्णयअनुसार थप जिम्मेवारीको रूपमा गरिएको हो।
यातायात कार्यालयमा कार्यरत रहँदा ती चिकित्सकको तलब र भत्ता स्वास्थ्य मन्त्रालयमार्फतै प्रदान गरिने व्यवस्था गरिएको छ।
निर्णयसँग सम्बन्धित सूचना मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, स्वास्थ्य सेवा विभाग, प्रदेशिक अस्पताल भद्रपुर, साथै स्वास्थ्य मन्त्रालयको आर्थिक प्रशासन शाखालगायतका सम्बन्धित निकायहरूलाई पनि जानकारी गराइएको छ।
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
