नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले निर्माण सम्पन्न भई स्थानीय तहलाई हस्तान्तरण भइसकेका ५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभएको छ।
प्रतिनिधिसभाको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै मन्त्री पौडेलले तीनै तहका सरकारबीच सहकार्यको आधारमा अस्पताल सञ्चालनका काम अघि बढिरहेको जानकारी दिनुभयो।
उहाँले देशभरका अन्य हस्तान्तरण भइसकेका अस्पतालहरूलाई समेत सञ्चालनमा ल्याउने योजना रहेको बताउनुभयो। हाल ती अस्पतालहरूमा आवश्यक चिकित्सक तथा उपकरण पुर्याउने कार्य भइरहेको छ।
मन्त्री पौडेलले कतिपय अस्पतालहरू प्रक्रिया अधुरो भएका कारण तत्काल सञ्चालनमा ल्याउन नसकिएको स्पष्ट पार्नुभयो। उहाँका अनुसार, केही भवनहरू बाह्य रूपमा तयार देखिए पनि हस्तान्तरण नपुगेका, निर्माण अधुरो रहेका वा कानुनी समस्या भएका कारण अलमलमा परेका छन्।
बाँकेको नरैनापुर–४ स्थित अस्पताल पूर्णरूपमा निर्माण सम्पन्न भइसकेको र छिट्टै हस्तान्तरणपछि सेवा सुरु हुने जानकारी समेत उहाँले दिनुभयो। साथै, अस्पताल सञ्चालनसम्बन्धी कार्यविधि पनि पास भइसकेको मन्त्री पौडेलले बताउनुभयो।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
