नेपाल हेल्थ न्युज, काठमाडौं । नेकपा एमालेकी सांसद इन्दिरादेवी गौतमले देशभर मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरू तीव्र रूपमा बढिरहेको भन्दै सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिइन्।
उनले शुक्रबार राष्ट्रिय सभाको बैठकमा यस विषयमा गम्भीर ध्यान दिन सरकारसँग आग्रह गरिन्।सांसद गौतमले बेरोजगारी, आर्थिक संकट, र लागूपदार्थ सेवन जस्ता कारणले मानसिक रोगहरू बढिरहेको उल्लेख गर्दै, यसमा सरकारले विशेष ध्यान दिनुपर्ने बताइन्।
उनले उपचार गर्ने स्वास्थ्य संस्था र मनोचिकित्सकहरूको संख्या अत्यन्त कम रहेकोले सेवा पुर्याउन कठिनाइ भएको र ग्रामीण भेगमा अझै विश्वासिलो उपचार नपुगेको जानकारी गराइन्।
गौतमले मनोचिकित्सक, परामर्शदाता लगायत आवश्यक सबै प्रकारका सेवा विस्तार गर्नुपर्ने माग गर्दै, बढ्दो मानसिक स्वास्थ्य समस्याले भविष्यमा समाजमा गम्भीर असर पार्न सक्ने जोखिमसमेत औँल्याइन्।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
