नेपाल हेल्थ न्युज, काठमाडौं । नेकपा एमालेकी सांसद इन्दिरादेवी गौतमले देशभर मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरू तीव्र रूपमा बढिरहेको भन्दै सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिइन्।
उनले शुक्रबार राष्ट्रिय सभाको बैठकमा यस विषयमा गम्भीर ध्यान दिन सरकारसँग आग्रह गरिन्।सांसद गौतमले बेरोजगारी, आर्थिक संकट, र लागूपदार्थ सेवन जस्ता कारणले मानसिक रोगहरू बढिरहेको उल्लेख गर्दै, यसमा सरकारले विशेष ध्यान दिनुपर्ने बताइन्।
उनले उपचार गर्ने स्वास्थ्य संस्था र मनोचिकित्सकहरूको संख्या अत्यन्त कम रहेकोले सेवा पुर्याउन कठिनाइ भएको र ग्रामीण भेगमा अझै विश्वासिलो उपचार नपुगेको जानकारी गराइन्।
गौतमले मनोचिकित्सक, परामर्शदाता लगायत आवश्यक सबै प्रकारका सेवा विस्तार गर्नुपर्ने माग गर्दै, बढ्दो मानसिक स्वास्थ्य समस्याले भविष्यमा समाजमा गम्भीर असर पार्न सक्ने जोखिमसमेत औँल्याइन्।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
