नेपाल हेल्थ न्यूज काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा निःसन्तान उपचार (आईभीएफ) सेवाको व्यवस्थित सञ्चालन र नियमनका लागि पहिलोपटक “निःसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२” स्वीकृत गरेको छ ।
मन्त्रीस्तरीय निर्णयमार्फत स्वीकृत यो मापदण्डले निःसन्तान उपचारको गुणस्तर, पारदर्शिता र सुरक्षा सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको अगुवाइमा मन्त्रालयले सम्बन्धित विज्ञहरूसँगको गहन छलफलपछि मापदण्ड तयार पारेको हो । मन्त्रालयका अनुसार, यो मापदण्ड स्वीकृत भएसँगै नेपालमा आईभीएफ सेवा र यससँग सम्बन्धित प्रयोगशाला, जनशक्ति व्यवस्थापन तथा संवेदनशील मानिने शुक्रकीट र अण्डा दान प्रक्रिया थप व्यवस्थित हुनेछ ।
मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्मा भन्नुहुुन्छ—“निःसन्तानपन केवल स्वास्थ्य समस्या मात्र नभई सामाजिक र मनोवैज्ञानिक विषय पनि हो । यस मापदण्डले सेवाग्राही र डोनर दुवैको अधिकार सुनिश्चित गर्दै सेवा प्रदायकलाई पूर्ण जिम्मेवार बनाउने छ । मापदण्ड पालना नगर्ने जोसुकैलाई कडा कानुनी दायरामा ल्याइनेछ ।”
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी भन्नुहुन्छ—“पछिल्लो समय निःसन्तानको समस्या बढ्दो छ । तर उपचार दिने संस्थाहरूको गुणस्तर र प्रक्रियामा प्रश्न उठेका थिए । धेरै दम्पती ठगिन सक्ने जोखिममा थिए । यो मापदण्डले सेवालाई सुरक्षित, विश्वसनीय र व्यवस्थित बनाउनेछ ।”
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

