नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मानव अङ्ग प्रत्यारोपणसम्बन्धी कानूनलाई खुकुलो बनाउँदा खोज्दा समाजमा विकृति फैलिन सक्ने बताउनुभएको छ।
ललितपुरमा आयोजित ग्लोबल मेगा रक्तदान कार्यक्रम को उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो कानुनी खुकुलोपनले अंग तस्करीजस्ता गम्भीर समस्या निम्त्याउने सम्भावना रहेको बताउनुभयो। उहाँका अनुसार, नेपालमा हाल मिर्गौला, आँखा लगायत प्रत्यारोपण गर्न मिल्ने छ प्रकारका अङ्गहरूको पर्याप्त आपूर्ति नभएको अवस्था छ।
उहाँले भन्नुभयो, “मानव अङ्ग सजिलै एक व्यक्तिबाट अर्कोमा दिइने कानुनी व्यवस्था गरिएमा त्यसको दुरुपयोग हुने खतरा रहन्छ।”
मन्त्री पौडेलले इरानमा लागू गरिएको एउटा अभ्यासको उदाहरण दिँदै भन्नुभयो– त्यहाँ मस्तिष्कले काम गर्न छाडेपछि २४ घण्टा भित्र अंगहरू निकालेर जरुरत पर्ने व्यक्तिमा प्रत्यारोपण गर्ने प्रक्रिया अपनाइन्छ। यस्ता विधिहरूको अध्ययन गर्दै नेपालमा पनि उपयुक्त मोडेल विकास गर्नु आवश्यक रहेको उहाँको धारणा छ।
र्यक्रममा मन्त्री पौडेलले सहयोगी भावना र मानव धर्मको महत्वलाई जोड दिँदै, सबैले एकअर्काको सहारा बन्नुपर्ने र राम्रो संस्कारसहितको संस्कृति निर्माण अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो।
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
