नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौंको टेकुमा अवस्थित राष्ट्रिय जनस्वास्थ्य परीक्षण केन्द्रले नेपालमै पहिलोपटक अत्याधुनिक अणुजन्य परीक्षण यन्त्र सञ्चालनमा ल्याएको छ। सो यन्त्रको उद्घाटन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले एक औपचारिक कार्यक्रममार्फत गर्नुभएको हो। साथै सेवाग्राहीका लागि सहज सेवा सुनिश्चित गर्ने उद्देश्यले थप दुई वटा प्रतिवेदन वितरण यन्त्रको समेत सुरुवात गरिएको छ।
स्वास्थ्यमन्त्री पौडेलले सार्वजनिक स्वास्थ्य संस्थाहरूको सुधार र प्रविधिसँग सुसज्जित बनाउने आफ्नो लक्ष्यअनुरूप नै परीक्षण केन्द्रको क्षमतामा विस्तार गरिएको जानकारी दिनुभएको छ ।
उहाँले भन्नुभयो, “हामीले जनतालाई दिएको वाचा अनुसार अब राज्यका प्रयोगशालाहरूलाई आत्मनिर्भर र भरपर्दो बनाउँदैछौँ। अब गाह्रोखालका रोग परीक्षण गर्नका लागि नमुना विदेश पठाउनु नपर्ने अवस्था निर्माण गर्दैछौँ।”
परीक्षण केन्द्रका प्रमुख डा. रञ्जन राज भट्टका अनुसार, हाल सञ्चालनमा ल्याइएको अणुजन्य परीक्षण प्रविधि पहिलेदेखि प्रयोगमा रहेको साधारण यन्त्रभन्दा निकै उन्नत र संवेदनशील मानिन्छ। यस प्रविधिको प्रयोगबाट रगत वा अन्य शरीरका नमुनामा अत्यन्तै सानो मात्रामा रहेका रोगजन्य संकेतहरू पहिचान गर्न सकिन्छ। जसले गर्दा विशेष गरी क्यान्सरसम्बन्धी जीन परिवर्तनको परीक्षण, रगतमा घुमिरहेको ट्युमरको सूक्ष्म अणु पत्ता लगाउने कार्य अब देशभित्रै सजिलै सम्भव हुनेछ।
त्यस्तै, प्रतिवेदन वितरण यन्त्रको जडानले सेवाग्राहीलाई समयको बचत गराउने अपेक्षा गरिएको छ। अब सेवाग्राहीले दिइएको संकेत सङ्केतको प्रयोग गरी आफूले नै प्रतिवेदन निकाल्न सक्नेछन्, जसले लाइन बस्नुपर्ने झन्झट अन्त्य गर्नेछ।
स्वास्थ्य मन्त्रालयले यस प्रविधिको थालनीलाई राष्ट्रको रोग परीक्षण क्षमतालाई सुदृढ बनाउने दिशातर्फको ठुलो कदमका रूपमा लिएको छ। यसले सर्वसाधारण नागरिकलाई छिटो, सस्तो र भरपर्दो स्वास्थ्य सेवा प्राप्त गराउने कार्यमा उल्लेखनीय योगदान पुर्याउने विश्वास गरिएको छ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
