नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम विस्तार गर्ने क्रममा, स्वास्थ्य बीमा बोर्डले २२ वटा स्थानीय तहमा रहेका २६ नयाँ अस्पतालहरूसँग सेवा सम्झौता गरेको छ।
स्वास्थ्य बीमा ऐन २०७४ को संशोधित संस्करणअनुसार प्रत्येक स्थानीय तहमा कम्तीमा एक स्वास्थ्य संस्था सेवा प्रदायकको रूपमा अनिवार्य हुनुपर्ने व्यवस्था छ। सोही प्रावधान अनुसार, बोर्डले स्थानीय तहहरूको आग्रहका आधारमा यी अस्पतालहरूलाई सूचीकृत गर्दै सेवा सम्झौता गरेको हो।
यी नयाँ अस्पतालहरू अब प्रथम सेवा विन्दुका रूपमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने छन्। सम्झौता स्वास्थ्य बीमा नियमावली २०७५ अनुसार गरिएको हो।
नयाँ सेवा प्रदायक थपिएसँगै, देशभर प्रथम सेवा विन्दुको संख्या ४१७ पुगेको छ भने, प्रेषण केन्द्रहरूसहित बोर्डमा हाल कुल ५०२ वटा स्वास्थ्य संस्था सूचीकृत भएका छन्। योसँगै ३७६ वटा स्थानीय तहमा अब स्वास्थ्य बीमा सेवा उपलब्ध भएको छ।
सूचना अधिकारी बिकेश मल्ल ठकुरीका अनुसार, यस कदमले बीमित व्यक्तिहरूलाई आफ्नै गाउँ वा नगरपालिकामै सहज र सुलभ रूपमा स्वास्थ्य सेवा लिन सहयोग पुग्नेछ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
