नेपाल हेल्थ न्युज, काठमाडौं । चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाइँले नयाँ राजनीतिक यात्राको घोषणा गर्नुभएको छ। लामो समयपछि सार्वजनिक रूपमा देखिएका प्रसाईले जेलमुक्तिपछिको पहिलो पत्रकार सम्मेलनमा राजनीतिक दल गठन गर्ने निर्णय सार्वजनिक गर्नुभएको हो।
यद्यपि, उहाँले आफ्नो नयाँ दलको नाम खुलाउनुभएको छैन्। उहाँले आफूलाई अकबरे सुन को उपमा दिँदै, अहिलेसम्म कुनै आपराधिक प्रकरणमा नफसेको दाबी गर्नुभयो। प्रसाइँले आफू शुद्ध र प्रयोगयोग्य सुनजस्तै भएको जिकिर गर्दै अब देशको राजनीति सुधारका लागि अघि बढ्ने बताउनुभएको छ।
उहाँका अनुसार देशमा हाल विश्वसनीय राजनीतिक विकल्पको अभाव छ र यही कारणले उहाँले राजनीति रोज्नुपरेको हो। साथै, उहाँले हिन्दु धर्मको संरक्षण र प्रवर्द्धनमा आफू अग्रसर रहने स्पष्ट पार्नुभयो।
प्रकाशित मिति: सोमबार, भदौ २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३ट्रेन्डिङ
२
