नेपाल हेल्थ न्युज, काठमाडौं । चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाइँले नयाँ राजनीतिक यात्राको घोषणा गर्नुभएको छ। लामो समयपछि सार्वजनिक रूपमा देखिएका प्रसाईले जेलमुक्तिपछिको पहिलो पत्रकार सम्मेलनमा राजनीतिक दल गठन गर्ने निर्णय सार्वजनिक गर्नुभएको हो।
यद्यपि, उहाँले आफ्नो नयाँ दलको नाम खुलाउनुभएको छैन्। उहाँले आफूलाई अकबरे सुन को उपमा दिँदै, अहिलेसम्म कुनै आपराधिक प्रकरणमा नफसेको दाबी गर्नुभयो। प्रसाइँले आफू शुद्ध र प्रयोगयोग्य सुनजस्तै भएको जिकिर गर्दै अब देशको राजनीति सुधारका लागि अघि बढ्ने बताउनुभएको छ।
उहाँका अनुसार देशमा हाल विश्वसनीय राजनीतिक विकल्पको अभाव छ र यही कारणले उहाँले राजनीति रोज्नुपरेको हो। साथै, उहाँले हिन्दु धर्मको संरक्षण र प्रवर्द्धनमा आफू अग्रसर रहने स्पष्ट पार्नुभयो।
प्रकाशित मिति: सोमबार, भदौ २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
डा. अरुण शाही ‘द म्याक्स फाउण्डेसन’को ग्लोबल थिंक ट्यांक सदस्यमा नियुक्त
बिहीबार, माघ १५, २०८२ट्रेन्डिङ
