नेपाल हेल्थ न्युज, तमिलनाडु । तमिलनाडु राज्यकी अमुथावल्ली मनिवन्ननले जीवनका धेरै चुनौतीहरू पार गर्दै ४९ वर्षको उमेरमा डाक्टर बन्ने सपना साकार गर्न सफल भएकी छिन्। दलित समुदायमा जन्मिएकी, पोलियोबाट प्रभावित अमुथावल्लीको बाल्यकालदेखि नै डाक्टर बन्ने इच्छा थियो। तर, सानैमा बाबुको निधन, आर्थिक कठिनाइ र पढाइको चुनौतीले गर्दा त्यो सपना अधुरो रह्यो।
१९९४ मा माध्यमिक तहको शिक्षा सकेकी अमुथावल्लीले त्यतिबेला मेडिकल कलेज भर्ना हुने अङ्क ल्याउन नसक्दा फिजिओथेरापी पढ्नुपरेको थियो। त्यसपछिका वर्षहरू उनले बिरामीहरूको सेवा गर्दै बिताइन्, तर अधुरो सपनाले भने सधैँ उनको मनमा घर जमाइरह्यो।
पछिल्लो वर्ष, जब उनकी छोरी संयुक्ता मेडिकल प्रवेश परीक्षाको तयारी गर्दै थिइन्, अमुथावल्लीले पनि फेरि कोसिस गर्ने निर्णय गरिन्। छोरीले आमा अमुथावल्लीलाई पढाइमा सघाइन् ,प्रश्नपत्र हल गर्ने तरिका सिकाइन्, अङ्क नघट्ने गरी उत्तर छान्ने तरिका बुझाइन्। कठिन परिश्रमपछि आमा-छोरी दुवैजना भारतको प्रतिष्ठित मेडिकल प्रवेश परीक्षा उर्तिण गर्न सफल भए।
भारतमा वार्षिक २४ लाख विद्यार्थीले १.२ लाख एमबीबीएस सीटका लागि प्रतिस्पर्धा गर्छन्, तीमध्ये आधा मात्र सरकारी कलेजमा हुन्छन् जहाँ खर्च कम लाग्छ। यति ठूलो प्रतिस्पर्धा बीच अमुथावल्लीले सरकारी मेडिकल कलेजमा स्थान सुरक्षित गर्न सकिन्।
उनले भनिन्, जीवनभर अस्पतालमा काम गर्दा पनि डाक्टर बन्न सकिनँ। अहिले आएर त्यो सपना पुरा भयो। यो सबै मेरी छोरीको साथ र प्रेरणाका कारण सम्भव भयो। उनका श्रीमान् मनिवन्नन, जो पेशाले वकिल हुन्, पत्नी र छोरी दुवैको सफलताबाट गर्वित छन्।
अहिले अमुथावल्ली सरकारी मेडिकल कलेजमा भर्ना भएकी छन्। छोरी संयुक्ताको भर्ना प्रक्रिया भने अझै अन्तिम चरणमा छ। यद्यपि उनी आमा सँगै पढ्न खास इच्छुक छैनन्। संयुक्ता भन्छिन्, म आमा सँगै पढ्न त सक्छु, तर अर्कै कलेज भए स्वाभाविक महसुस हुन्थ्यो।
यो आमाछोरीको संघर्ष र सफलताको कथा न केवल प्रेरणादायक छ, तर यथार्थमा मेहनत र साथले असम्भव जस्तै देखिने सपना पनि पुरा हुनसक्छ भन्ने उदाहरण हो। बीबीसी न्यूज
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
आइतबार, जेठ ३१, २०८३
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
शुक्रबार, जेठ २९, २०८३
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधी सहज उपलब्ध गराउने
शुक्रबार, जेठ २९, २०८३

