नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालले रुबेला रोगलाई जनस्वास्थ्यको समस्याबाट निवारण गर्न सफल भएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सोमबार यसबारे औपचारिक घोषणा गर्दै नेपालले खोपमार्फत रुबेलामुक्ति हासिल गरेको जनाएको हो।
रुबेला एक अत्यधिक सङ्क्रामक रोग हो, जसले विशेषगरी गर्भवती महिलामा गम्भीर स्वास्थ्य समस्या उत्पन्न गर्न सक्छ। समयमै प्रभावकारी खोप लगाउनुले रोग नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको डब्लुएचओले स्पष्ट पारेको छ।
डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. क्याथरिना बोहमका अनुसार नेपालले नेतृत्व तहको प्रतिबद्धता, स्वास्थ्यकर्मीको सक्रियता र समुदायस्तरका स्वयंसेविकाको योगदानमार्फत यो सफलता प्राप्त गरेको हो।
डब्लुएचओको क्षेत्रीय प्रमाणीकरण आयोगले नेपालले प्रस्तुत गरेको खोपको पहुँच र निगरानीसम्बन्धी विवरणको आधारमा रुबेलामुक्ति प्रमाणित गरेको हो।
यससँगै नेपाल दक्षिण–पूर्वी एसियाका ती देशहरूमा सामेल भएको छ, जसले रुबेलालाई जनस्वास्थ्यको समस्याबाट हटाउन सकेका छन्। नेपालभन्दा अगाडि भूटान, उत्तर कोरिया, माल्दिभ्स, श्रीलङ्का र टिमोर–लेस्टेले यो लक्ष्य पूरा गरिसकेका थिए। नेपालले सन् २०१२ देखि रुबेलाविरुद्धको खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्दै आएको छ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
