नेपाल हेल्थ न्युज, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गतको सामाजिक विकास मन्त्रालयले अछामस्थित बयलपाटा प्रादेशिक अस्पतालका लागि करार सेवामा आवश्यक जनशक्ति भर्ना गर्न आवेदन माग गरेको छ।
मन्त्रालयद्वारा सार्वजनिक गरिएको सूचनाअनुसार, अस्पतालमा ५७ पदहरूका लागि योग्य उम्मेदवारहरूबाट दरखास्त आव्हान गरिएको छ। अस्पताललाई थप सशक्त बनाउने उद्देश्यले यो पदपूर्ति प्रक्रिया सुरु गरिएको हो।
माग गरिएको पदहरूमा विशेषज्ञ चिकित्सक (एमडि, फिजिसियन, सर्जन, एनेस्थेसिया, अप्थाल्मोलोजी, गायनाकोलोजी, पेडियाट्रिक), महिला स्वास्थ्य अधिकृत, डेन्टल सर्जन, अस्पताल व्यवस्थापक, ल्याब टेक्निसियन, फार्मेसी अफिसर, स्टाफ नर्स, एनेस्थेटिक सहायक, रेडियोग्राफर, कम्प्युटर अपरेटर, हेल्थ असिस्टेन्ट, आयुर्वेद सहायक र सामुदायिक स्वास्थ्य अधिकृतजस्ता विभिन्न स्वास्थ्य तथा प्रशासनिक पदहरू समावेश छन्।
अधिकांश पदका लागि सम्बन्धित विषयमा स्नातक वा स्नातकोत्तर डिग्री प्राप्त गर्नुका साथै सम्बन्धित परिषद् (जस्तैः नेपाल स्वास्थ्य व्यवसाय परिषद्) मा दर्ता प्रमाणपत्र अनिवार्य गरिएको छ। अस्पताल व्यवस्थापनको जिम्मेवारी सम्हाल्ने पदका लागि भने हेल्थ केयर म्यानेजमेन्ट वा हस्पिटल एड्मिनिस्ट्रेसनमा मास्टर डिग्री आवश्यक छ।
इच्छुक उम्मेदवारहरूले आवेदन फारम तोकिएको ढाँचामा तयार गरी सामाजिक विकास मन्त्रालयको इमेलमा पठाउनु पर्नेछ। आवेदन दिनुपर्ने अन्तिम मिति भदौ २३ गतेसम्म कायम गरिएको छ। छनोट प्रक्रिया लिखित परीक्षा, अन्तर्वार्ता वा दुबै माध्यमबाट हुने मन्त्रालयले जनाएको छ।


नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
