नेपाल हेल्थ न्युज, कर्णाली । कर्णाली प्रदेश सरकारले सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरुलाई कार्यालय समयमा निजी अस्पताल वा क्लिनिकमा काम नगर्न कडा निर्देशन जारी गरेको छ। सरकारी चिकित्सकहरु कार्यालय समयमा निजी स्वास्थ्य संस्थामा काम गर्ने बिषयमा बढ्दो गुनासो आएपछि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले यस्तो कदम उठाएको हो।
मन्त्रालयका सचिव धोलकराज ढकालका अनुसार, सरकारी अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले कार्यालय समयमा मात्र सरकारी अस्पतालमा सेवा दिनुपर्ने नियम उल्लंघन गरी निजी अस्पताल वा क्लिनिकमा सेवा प्रदान गर्नु प्रचलित कानुन तथा पेशागत नैतिकताको विपरीत हुने जनाइएको छ। यस्तो कार्यमा संलग्न व्यक्ति विरुद्ध कानुनी कारबाही समेत हुने चेतावनी दिइएको छ।
स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले भने, सरकारी चिकित्सकहरुले अफिस समयमा निजी क्लिनिकमा सेवा दिइरहेको गुनासो आएपछि यस्तो निर्देशन जारी गरिएको हो।
कर्णाली प्रदेशको कर्मचारी सेवा सुविधासम्बन्धी व्यवस्थाअनुसार, निजामती कर्मचारी वा चिकित्सकले निजी स्वास्थ्य संस्थामा काम नगरेको स्वघोषणा गरेपछि मात्र सेवा सुविधा पाउने व्यवस्था छ। तर, हाल केही चिकित्सकहरुले स्वघोषणा नगरी निजी अस्पतालमा काम गर्दै सेवा सुविधा लिने गरेका छन् भन्ने गुनासो मन्त्रालयमा आएको छ।
मन्त्रालयले नेपाल स्वास्थ्य सेवा ऐन २०५३, नियमावली २०५५ र कर्णाली प्रदेश निजामती सेवा ऐन २०८० बमोजिम यस्ता गतिविधिमा संलग्नलाई कडा कारबाही गरिने चेतावनी दिएको छ।
अत्यावश्यक ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई आग्रह
मंगलबार, फागुन २६, २०८२
नेपालमै क्यान्सर उपचार सम्भव भएको गायक हेमन्त शर्माको अनुभव
मंगलबार, फागुन २६, २०८२
ढोरपाटनमा दादुरा नियन्त्रणका लागि खोप अभियान सुरु
मंगलबार, फागुन २६, २०८२
हिँडेर बर्थिङ सेन्टर जाँदै गरेकी महिलाले बाटोमै जन्माइन् शिशु
मंगलबार, फागुन २६, २०८२
