नेपाल हेल्थ न्युज, काठमाडौं । कर्णाली प्रदेश सरकारअन्तर्गत प्रादेशिक अस्पताल सुर्खेतको निर्देशक पदमा डा. गणेश थापाको नियुक्ति गरिएको छ।
आज बसेको कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले सामाजिक विकास मन्त्रालयको सिफारिसमा जनरल सर्जन डा. थापालाई अस्पतालको नेतृत्व सुम्पने निर्णय गरेको हो। उनी ११ औँ तहका चिकित्सक हुन्।
यसअघि अस्पतालका निर्देशक रहेका डा. केशरबहादुर ढकाल १२ औँ तहमा अतिरिक्त सचिव बढुवा भई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएपछि गत असारको अन्तिम सातादेखि निर्देशकको पद रिक्त थियो। सो अवधिमा वरिष्ठताको आधारमा डा. थापाले नै निमित्त निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए।
प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
