नेपाल हेल्थ न्युज, काठमाडौं । कर्णाली प्रदेश सरकारअन्तर्गत प्रादेशिक अस्पताल सुर्खेतको निर्देशक पदमा डा. गणेश थापाको नियुक्ति गरिएको छ।
आज बसेको कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले सामाजिक विकास मन्त्रालयको सिफारिसमा जनरल सर्जन डा. थापालाई अस्पतालको नेतृत्व सुम्पने निर्णय गरेको हो। उनी ११ औँ तहका चिकित्सक हुन्।
यसअघि अस्पतालका निर्देशक रहेका डा. केशरबहादुर ढकाल १२ औँ तहमा अतिरिक्त सचिव बढुवा भई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएपछि गत असारको अन्तिम सातादेखि निर्देशकको पद रिक्त थियो। सो अवधिमा वरिष्ठताको आधारमा डा. थापाले नै निमित्त निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए।
प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३ट्रेन्डिङ
२
५
