नेपाल हेल्थ न्युज, धरान । नेपाल चिकित्सक संघको धरान शाखामा नयाँ कार्यसमिति गठन भएको छ, जसअनुसार अध्यक्षमा डा. अरुण कुमार सिंह निर्विरोध रुपमा चयन हुनुभएको छ। संघको निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार निर्धारित समयमा अन्य कुनै उम्मेदवारी नपरेकोले सिंहलाई निर्विरोध अध्यक्ष घोषणा गरिएको हो।
वरिष्ठ उपाध्यक्ष पदमा डा. धन केसर खड्का, सचिवमा डा. दिपेन्द्र मिश्रा तथा सदस्य पदमा डा. अञ्जनी कुमार यादव र डा. दीपक पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ।
निर्वाचन समितिका संयोजक प्रा. डा. बालकृष्ण भट्टराईद्वारा जारी सूचनामा तोकिएको समयसीमा भित्र उम्मेदवारीमा कुनै विरोध वा फिर्ता नआएको हुँदा उम्मेदवारहरूलाई निर्विरोध घोषणा गरिएको उल्लेख छ।
समितिले यसअघि अध्यक्ष पदका लागि उम्मेदवारी दिएका डा. खेद राज मिश्रको उम्मेदवारी नेपाल चिकित्सक संघ निर्वाचन नियमावली २०७० अनुसार बदर भएको जानकारी समेत दिएको छ।
यसरी धरान शाखाको २०८२ सालको कार्यसमिति बिना कुनै प्रतिस्पर्धा पूर्ण रूपमा चयन भएको हो।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
