नेपाल हेल्थ न्युज, धरान । नेपाल चिकित्सक संघको धरान शाखामा नयाँ कार्यसमिति गठन भएको छ, जसअनुसार अध्यक्षमा डा. अरुण कुमार सिंह निर्विरोध रुपमा चयन हुनुभएको छ। संघको निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार निर्धारित समयमा अन्य कुनै उम्मेदवारी नपरेकोले सिंहलाई निर्विरोध अध्यक्ष घोषणा गरिएको हो।
वरिष्ठ उपाध्यक्ष पदमा डा. धन केसर खड्का, सचिवमा डा. दिपेन्द्र मिश्रा तथा सदस्य पदमा डा. अञ्जनी कुमार यादव र डा. दीपक पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ।
निर्वाचन समितिका संयोजक प्रा. डा. बालकृष्ण भट्टराईद्वारा जारी सूचनामा तोकिएको समयसीमा भित्र उम्मेदवारीमा कुनै विरोध वा फिर्ता नआएको हुँदा उम्मेदवारहरूलाई निर्विरोध घोषणा गरिएको उल्लेख छ।
समितिले यसअघि अध्यक्ष पदका लागि उम्मेदवारी दिएका डा. खेद राज मिश्रको उम्मेदवारी नेपाल चिकित्सक संघ निर्वाचन नियमावली २०७० अनुसार बदर भएको जानकारी समेत दिएको छ।
यसरी धरान शाखाको २०८२ सालको कार्यसमिति बिना कुनै प्रतिस्पर्धा पूर्ण रूपमा चयन भएको हो।
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
