नेपाल हेल्थ न्युज, वीरगञ्ज । पर्साको वीरगञ्जमा समुदायस्तरसम्मै देखिएको हैजा संक्रमण नियन्त्रण तथा रोकथामका विषयमा खानेपानीमन्त्री प्रदीप यादव र स्वास्थ्यमन्त्री प्रदीपले छलफल गर्नुभएको छ ।
आइतबार वीरगञ्जमा मन्त्रीद्वय यादव र पौडेलले हैजा नियन्त्रणबारे छलफल गर्नुभएको हो। वीरगञ्जमा देखिएको हैजा संक्रमणका सम्बन्धमा ध्यानाकर्षण गराउँदै विस्तृत छलफल भएको मन्त्री यादवको सचिवालयले जनाएको छ ।
प्रभावित क्षेत्रमा कोलेरा किट तत्काल व्यवस्था गर्ने, लक्षणको आधारमा संक्रमितलाई तुरुन्त उपचार उपलब्ध गराउने, प्राइभेट अस्पतालहरूमा निःशुल्क परीक्षणको व्यवस्था गर्ने र आवश्यक थप मेडिकल अफिसर, हेल्थ असिस्टेन्ट तथा नर्सलगायतको जनशक्ति तत्काल परिचालन गर्नेगरी छलफल भएको बताइएको छ ।
‘हैजा नियन्त्रणका लागि केन्द्र र स्थानीय सरकारबीच घनिष्ठ समन्वय गर्दै आवश्यक सबै कदमहरू तत्काल लागू गर्ने निर्णय गरिएको छ,’ मन्त्री यादवले भन्नुभयो ।
वीरगञ्ज महानगरपालिकाका विभिन्न वडा र टोलहरूमा देखापरेको हैजा संक्रमण नियन्त्रणका लागि आफ्नो प्रयास अविच्छिन्न रूपमा जारी रहेको मन्त्री यादवले बताउनुभयो । वीरगंजमा फैलिरहेको हैजा नियन्त्रणका लागि सरकार सक्रिय भएको उनको दाबी छ ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
