नेपाल हेल्थ न्युज, वीरगञ्ज । वीरगञ्ज महानगर आसपासमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि प्रादेशिक अस्पताल गौर रौतहटबाट दुई जना चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली वीरगञ्ज पुगेको छ ।
गत शुक्रबारदेखि वीरगञ्ज महानगर आसपास क्षेत्रमा झाडापखाला र हैजाका बिरामी देखापरेसँगै सोमबार गौर प्रादेशिक अस्पतालका डा. परशुराम यादव र डा. विष्णुकुमार साह नेतृत्वको स्वास्थ्यकर्मीको टोली वीरगञ्जको नारायणी अस्पतालमा आइपुगेको हो ।
प्रादेशिक अस्पताल गौरका अध्यक्ष मोहम्मद अनवर हासमीले वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी देखापरेपछि आवश्यक सहयोग चिकित्सकसहितको टोली वीरगञ्ज पठाइएको जानकारी दिनुभयो ।
‘दुई जना चिकित्सक र तीन जना हेल्थ असिस्टेन्टसहितको टोली पठाएका छौँ’, उहाँले भन्नुभयो, ‘चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलीले वीरगञ्ज आसपास क्षेत्रमा फैलिएको झाडापखाला र हैजा नियन्त्रणमा सहयोग गर्नुका साथै बिरामीको उपचारका लागि समन्वय गर्नुहुने छ ।’
वीरगञ्जमा अहिलेसम्म ७९ जना हैजाका बिरामी भेटिएका छन्भने झाडापखालाजन्य लक्षण देखिएका एक सय तीन जना यहाँका विभिन्न अस्पतालमा उपचारत छन् ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
