नेपाल हेल्थ न्युज, वीरगञ्ज । वीरगञ्जमा हैजा र झाडापखाला फैलिरहेकै बेला नारायणी अस्पतालमा उपचाररत बिरामीहरूले निःशुल्क हुनुपर्ने औषधि बाहिरबाट पैसा तिरेर किन्नुपरेको गुनासो गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल चकित पर्नुभएको छ ।
सोमबार अस्पताल निरीक्षणका क्रममा मन्त्री पौडेलले आकस्मिक कक्षमा एक बिरामीका आफन्तले डाक्टरले लेखिदिएको औषधि खुद्रा पसलबाट किनेर ल्याएको देखाएपछि तत्काल अस्पताल प्रशासनसँग कडा प्रश्न गर्नुभएको थियो।
“निःशुल्क औषधि किन बिरामीले पैसा तिरेर किन्नुपर्यो ?” भन्दै मन्त्रीले नारायणी अस्पतालका मेसु डा. चुमनलाल दाससहित चिकित्सकहरूलाई निर्देशन दिँदै भन्नुभयो, “अबदेखि कुनै पनि बिरामीले औषधि किन्न नपर्ने व्यवस्था मिलाउनुहोस्।”
उहाँले झाडापखाला तथा हैजाको परीक्षण र औषधि पूर्ण रूपमा निःशुल्क गर्न आदेश दिँदै आवश्यक औषधि र जनशक्ति आपूर्ति संघीय सरकारले सुनिश्चित गर्ने बताउनुभएको छ।
हाल नारायणी अस्पतालमा ४८ जना हैजा तथा झाडापखालाका बिरामी उपचारमा छन् भने पर्सा जिल्लामा हालसम्म २५४ जना बिरामी दर्ता भएका छन्, जसमा २२ जना आईसीयूमा उपचाररत छन्। निरीक्षणका क्रममा मधेस प्रदेश सरकारका मन्त्री जनार्दनसिंह क्षत्री र वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहको उपस्थिति रहेको थियो।
अत्यावश्यक ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई आग्रह
मंगलबार, फागुन २६, २०८२
नेपालमै क्यान्सर उपचार सम्भव भएको गायक हेमन्त शर्माको अनुभव
मंगलबार, फागुन २६, २०८२
ढोरपाटनमा दादुरा नियन्त्रणका लागि खोप अभियान सुरु
मंगलबार, फागुन २६, २०८२
हिँडेर बर्थिङ सेन्टर जाँदै गरेकी महिलाले बाटोमै जन्माइन् शिशु
मंगलबार, फागुन २६, २०८२
